बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

थापाथली क्याम्पस र पशुपति क्याम्पसमा एनआईसीको डिजिटल प्रणालीमार्फत भुक्तानी गर्न सकिने

बुधबार, जेठ १७ २०८०
थापाथली क्याम्पस र पशुपति क्याम्पसमा एनआईसीको डिजिटल प्रणालीमार्फत भुक्तानी गर्न सकिने

यो सुविधासँगै लाइनमा उभिनुपर्ने पैसा तिर्नुपर्ने, भौचर बुझाउनुपर्ने विद्यार्थीहरूको बाध्यता हटेको छ।

काठमाडौं- थापाथली क्याम्पस र पशुपति क्याम्पसमा एनआईसी एसिया बैंकको डिजिटल प्रणालीमार्फत सजिलै भुक्तानी गर्न सकिने भएको छ।

बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको उक्त दुई क्याम्पसलाई डिजिटाइज गर्दै विद्यार्थीहरूले आफ्ना शैक्षिक शुल्कहरू बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको हो।

बैंकले दुवै क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गर्दै ती क्याम्पसका विद्यार्थीहरूले भर्ना शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आइडी कार्ड शुल्क लगायत सम्पूर्ण शुल्क बैंकको क्युआर कोड, मोबाइल बैंकिङ एप, बैंकको वेबसाइटमा रहेको ई-सर्भिस र क्वीक पे प्लेटफर्महरूमार्फत सजिलै भुक्तानी गर्न सक्नुहुने व्यवस्था मिलाएको छ।

बैंकको मोबाइल बैंकिङ एपबाट शुल्क भुक्तानी गर्नु परेमा एपभित्र रहेको ई-सर्भिसमा गएर क्याम्पसको नाम छनौट गर्नुपर्ने हुन्छ। त्यस्तै बैंकको वेबसाइटमा रहेको ई-सर्भिसमा ट्याब गरी क्याम्पस छनौट गरेर समेत भौतिक रुपमा क्याम्पसमा उपस्थित नभई आवश्यक शुल्क भुक्तानी गर्न सकिनेछ। साथै, क्याम्पसमा रहेको क्युआर कोडस्क्यान गरेर वा क्याम्पसले उपलब्ध गराएको क्वीक पे लिंकमार्फत पनि भुक्तानी गर्न सकिनेछ।

यो सुविधासँगै विद्यार्थीहरूले आफ्नो शुल्क भुक्तानी गर्दा बैंक शाखामा उपस्थित भई कागजी भौचर भर्नुपर्ने, काउन्टरमा लामो लाइन लाग्नुपर्ने र बैंकले भुक्तानी जम्मा लिएको भौचर क्याम्पस प्रशासनमा बुझाउनुपर्ने बाध्यता हटेको छ।


प्रकाशित : बुधबार, जेठ १७ २०८००८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend