बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विराटनगरको हाटखोला मैदानमा एनसेल कन्सर्ट सम्पन्न

सोमबार, जेठ १५ २०८०
विराटनगरको हाटखोला मैदानमा एनसेल कन्सर्ट सम्पन्न

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्यरुपमा  सम्पन्न भएको छ।

कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुतिका गाउँदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए। 
सदाबहार दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड देखि आषिश राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले आ-आफ्ना प्रस्तुतिका साथ दर्शकहरुलाई मन्त्रमुग्ध पारेका थिए। कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपि दिएको थियो।

सांगीतिक कार्यक्रममा झुम्न पाएका हजारौँ विराटनगरका दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो। दिउँसो केही गर्मी भए पनि दर्शकहरुले अस्मिता अधिकारी र सुनिल पण्डितका गीतहरुमा गाउँदै नाचेका थिए।

द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरुमा झनै उर्जा थपिदिएको थियो। द एलिमेन्ट्सले उर्जा, सपनाको मायालु, बिर्सिने हौ कि लगायतका आफ्ना हिट गीतहरुका साथ दर्शकहरुलाई संगीतमा डुबाउँदै झुमायो। धोकेबाज हौ तिमी, क्या दामी भो, पिलायो साथीले जस्ता लोकप्रिय गीतका साथ कलाकार शिव परियारले विराटनगरवासीलाई नचाए । 
 
त्यस्तै लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामी जस्ता र्‍याप गीतले सांगितीक कार्यक्रम झनै तातिएको थियो। दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डको मन मगन, काली काली हिस्सी परेकी, मायाको डोरीलगायतका चर्चित गीतहरुको प्रस्तुति साथ शनिबार विराटनगर संगीतमय बन्यो।

‘रमाऔँ सधैँ सँगै’ भन्ने थिमका साथ आयोजना गरिएको यस सांगीतिक कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै, देश विदेशमा रहेका सबैसँग फेसबुक लाईभमार्फत जोडिए खुसी साटा साट गर्न सफल भएको एनसेलले जनाएको छ। ग्राहक सुविधाकोलागि कार्यक्रम स्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टलहरु पनि रहेको थियो।

यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा बैशाख २ गते शनिबार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६ औँ दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा आयोजना गरेको थियो। 


प्रकाशित : सोमबार, जेठ १५ २०८००६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend