बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिएट टायरको 'सिएट सपी' बालकुमारीमा 

आइतबार, जेठ १४ २०८०
सिएट टायरको 'सिएट सपी' बालकुमारीमा 

नयाँ सो रुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेलअनुसार ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ।      

काठमाडौं- नारायणी अटो बिजनेस प्रालिले ‘सिएट सपी’ नामक सिएट टायरको नयाँ सोरुम ललितपुरको बालकुमारीमा सञ्चालनमा ल्याएको छ। शनिबार एक कार्यक्रमकाबीच सिएट इडियाको अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले उद्घाटन गरेका हुन्। 

नेपालको पूर्वदेखि पश्चिमसम्म सबै क्षेत्रमा सिएट टायर उपलब्ध रहेको कम्पनीले जनाएको छ। सिएट टायरका ४ सयभन्दा बढी शोरुमहरु नेपालभर रहेका छन्। सिएटका टायर मोटरसाइकलदेखि स्कुटर तथा कारदेखि ठूला बस सबै रेन्जका सवारीका लागि उपलब्ध छ। 

सिएट टायरको नयाँ सोरुमले नेपाली ग्राहकहरुको बदलिँदो इच्छा एवं आवश्यकतालाई सर्वाेत्कृष्ट ढंगले परिपूर्ति गर्नेमा आफूहरु विश्वस्त रहेको रावको भनाइ छ। उनले सिएट, इन्डिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाइ नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए। 

यस्तैगरी नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिएर नेपाली बजारमा गुणस्तरीय टायर उपलब्ध गराउने बताए। यस सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुंगा सावित हुने विश्वास उनले व्यक्त गरे।  

कार्यक्रममा बोल्दै सिएट, इंडियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताहरु बारे प्रस्ट पारेका थिए। यस्तै सिएट टायरका नेपालस्थित आधिकारिक विक्रेता श्री एसटीसीका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले सिएट टायर लामो समयदेखि नेपाली ग्राहकहरुको पहिलो रोजाई पर्न सफल ब्राण्ड भएको बताए। ‘हामी निरन्तर ग्राहकहरुलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिवद्ध छौं’ उनले भने।

नयाँ सो रुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेलअनुसार ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ।            

अन्य उस्तै खालका टायरभन्दा उत्कृष्ट कार्यक्षमताको लागि सिएटले फाइभ स्टारको मान्यता प्राप्त गरेको छ। गाडीहरुको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरुले पनि सम्पन्न छ। त्यसैगरी यस उत्पादनले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्ने दाबी कम्पनीको छ। 

सिएटका टायर विश्वका सयौंदेखिमा उपलब्ध रहेको छ। त्यस्तैगरि सिएटले जापानको एक उत्कृष्ट पुरस्कार समेत पाएको छ। उक्त पुरस्कार पाउने जापान बाहिरको पहिलो कम्पनी सिएट हो। सिएट टायरको उत्पादन प्लान्ट भारतको तामिलनाडूमा रहेको छ। सिएटले भविष्यमा नेपालमै टायर उत्पादन गर्ने योजना समेत बनाएको सिएट इडियाको अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट रावले बताएका हुन्। 


प्रकाशित : आइतबार, जेठ १४ २०८००८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend