बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इन्टरनेट कम्पनी गुणस्तरमा भन्दा मूल्य बढाउन केन्द्रित भए : सांसद पाैडेल

सोमबार, जेठ ८ २०८०
इन्टरनेट कम्पनी गुणस्तरमा भन्दा मूल्य बढाउन केन्द्रित भए : सांसद पाैडेल

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले मिलेमतोमा बढाएको अनुचित मूल्यलाई तत्काल रोक्न उनले सरकारसँग माग गरेका छन्।

काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले गुणस्तर वृद्धिमा ध्यान नदिएको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘इन्टरनेट सेवा प्रदान गर्न प्रतिस्पर्धा गरिरहेको इन्टरनेट प्रदायक कम्पनीहरूले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन्।’

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले मिलेमतोमा बढाएको अनुचित मूल्यलाई तत्काल रोक्न उनले सरकारसँग माग पनि गरेका छन्। इन्टरनेट सेवा प्रदायकहरूले उपलब्ध गराएको सेवामा गुणस्तरीयता, स्तरीयता, क्षमता, निरन्तरता हुनुपर्ने पनि उनले बताए।


प्रकाशित : सोमबार, जेठ ८ २०८००७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend