बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महालक्ष्मी विकास बैंकको २९औँ वार्षिकोत्सव सम्पन्न

आइतबार, जेठ ७ २०८०
महालक्ष्मी विकास बैंकको २९औँ वार्षिकोत्सव सम्पन्न

आइतबार विभिन्न कार्यक्रम आयोजना गरी २९औँ वार्षिकोत्सव सम्पन्न गरिएको बैंकले जनाएको छ। 

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडको २९औँ वार्षिकोत्सव सम्पन्न भएको छ। आइतबार विभिन्न कार्यक्रम आयोजना गरी २९औँ वार्षिकोत्सव सम्पन्न गरिएको बैंकले जनाएको छ। 

वार्षिकोत्सवको अवसरमा आफ्ना एक सय तीन वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु गर्नुका साथै २९ वटा शाखाहरुमार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरुको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्‍याली, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ श्रृंखला २ लगायतका कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ। 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपालीमाझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।


प्रकाशित : आइतबार, जेठ ७ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend