बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक वर्षमै १ हजार ९० वैदेशिक कामदारले लिए श्रम स्वीकृति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
एक वर्षमै १ हजार ९० वैदेशिक कामदारले लिए श्रम स्वीकृति

गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा काम गर्नका लागि १ हजार ९० वैदेशिक कामदारले श्रम स्वीकृति लिएका छन्।

काठमाडौं-  गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा काम गर्नका लागि १ हजार ९० वैदेशिक कामदारले श्रम स्वीकृति लिएका छन्।

तर, वैदेशक कामदारको रुपमा भारतीय कामदारले भने नेपालमा श्रम स्वीकृत लिनु पर्दैन। यो तथ्यांकमा भारतीय कामदार भने जोडिएको छैन।

श्रम विभागमा अनुसार गत आर्थिक वर्षमै १ हजार ३ सय गैर नागरिको श्रम स्वीकृत नवीकरण भएको छ। विभाग अनुसार पुनः श्रम स्वीकृत लिने विदेशी कामदारको संख्या भने २७ हजार ६ सय ७ जना रहेका छन्।

विभागले सोही वर्ष ५ सय ३१ वटा श्रम विवाद मिलाएको जनाएको छ। विभागमा ८ सय १३ वटा व्यक्तिगत दाबी र सामुहिक दाबीको २ सय २३ वटा उजुरी परेका थियो।


प्रकाशित : सोमबार, भदौ २१ २०७८०४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend