बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तुहरू खरिद गरिने

शुक्रबार, जेठ ५ २०८०
बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तुहरू खरिद गरिने

काठमाडौं- सरकारले बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तुहरू खरिद गरिने नीति लिएको छ। संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको आगामी वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तुहरू खरिद गरिने विषय समावेश गरिएको छ।

उद्योग तथा लगानी प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्‍ने कानूनी व्यवस्थालाई एकीकृत गर्दै नयाँ औद्योगिक विकास ऐन तर्जुमा गरिने विषयमा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

साथै कार्यक्रममा आत्मनिर्भर हुनसक्ने वस्तु तथा सेवा उत्पादन गर्ने सम्भावित उद्योगहरू पहिचान गरी त्यस्ता उद्योगहरूको विकास र स्थायित्वका लागि नीतिगत प्रबन्ध उल्लेख छ। नीति तथा कार्यक्रममा स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धिका लागि 'मेक इन नेपाल' र 'मेड इन नेपाल' अभियानलाई सहयोग पुर्‍याउने विषय पनि उल्लेख छ। 


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend