बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विदेशमा ज्यान गुमाउने १२ सय ४२ का परिवारले पाए ७४ करोड

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
विदेशमा ज्यान गुमाउने १२ सय ४२ का परिवारले पाए ७४ करोड

सरकारले आर्थिक वर्ष २०७७/०७८ मा विदेशमाा ज्यान गुमाउने १ हजार २ सय ४२ जना कामदारका परिवारलाई आर्थिक सहायत वापत झन्डै ७४ करोड रुपैयाँ वितरण गरेको छ। 

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७७/०७८ मा विदेशमाा ज्यान गुमाउने १ हजार २ सय ४२ जना कामदारका परिवारलाई आर्थिक सहायत वापत झन्डै ७४ करोड रुपैयाँ वितरण गरेको छ। 

वैदेशिक रोजगार बोर्डले रोजगारीको सिलसिलामा अन्तमि श्रम स्वीकृति लिँदै विदेश पुगी विदेशमै ज्यान गुमाएका परिवारलाई आर्थिक सहायत दिएको हो।

बोर्डले गत आर्थिक वर्ष विदेशमा ज्यान गुमाउने १ हजार २ सय १३ जना पुरुष र २९ महिना कामदारको परिर्वालाई आर्थिक सहयात वापत ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ वितरण गरेको हो।

यसैगरी, बोर्डले १ सय ४३ जना अंगभंग÷गम्भिर विरामी  कामदारलाई ७ करोड ३३ लाख २ हजार रुपैयाँ सहयोग गरेको छ।

साथै बोर्डले ४ जना कामदारको परिवारलाई औषधोपचार  सहयोग मार्फत २ लाख रुपैयाँ र ४ सय १३ अलपत्र कामदारको उद्धारमा २ करोड ६६ लाख ७२ हजार ८ सय रुपैयाँ सहयोग गरेको छ।

यसैगरी, १ सय २२ जनाको शब झिकाउँ तथा समन्वयका लागि ९० लाख ६७ हजार रुपैयाँ खर्च गरेको बोर्डले जनाएको छ।
बोर्डले ७ सय ७० मृतको शवलाई घर पुराउन १७ लाख ९४ हजार र सात्वना राहतमा पनि ४६ लाख रपैयाँ खर्च गरेको जनाएको छ।

यसैगरी, बोर्डले बैदेशिक छात्रवृत्ति शीर्षकमा  २ करोड ८ लाख र अभिमुखीकरण तालिम मार्फत वापतकोरकम शोध भर्नामा १४ हजार ६ सय रुपैयाँ खर्च गरेको छ।बाेर्डले माथि उल्लेखीत सबै शीर्षकमा कुल ८७ करोड  ४२ लाख ४९ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

विषगत खर्चको विवरण

tittle pay.JPG

साउदी अरबमा मात्रै २ सय ६२ले गुमाए ज्यान

रोजगारीकै सिलसिलामा विदेशी पुगी ज्यान गुमाउनेको  संख्या १ हजार २ सय ४२ रहेको छ। यो संख्या बोर्डले राहत वितरण गरेको संख्या हो। तर, विदेशमा ज्यान गुमाउनेको संख्या यो भन्दा बढी रहेको छ।

विभागको तथ्यांक अनुसार २७ देशमा रोजगारीकै क्रममा कामदारले ज्यान गुमाएका छन। जसमा सबैभन्दा बढी ३ सय ६२ जना कामदारले साउदीअबमका ज्यान गुमाएका छन। साउदी अरबमा ज्यान गुमाउने मध्ये २ जना महिला रहेका छन।

यसैगरी मलेसियामा २ सय ८०,कतारमा २ सय ३९, युएईमा २ सय ८, कुवेतमा ५५,बशराइनमा ३१ र दक्षिण कोरोना १३ जना कामदारले ज्यान गुमाएका छन।

देशगत ज्यान गुमाउनेको विवरण

countr.JPG

१४० जनाले आत्महत्या गरे

रोजगारीकै सिलसिलामा विदेशमा आत्महत्या गर्ने कामदारको संख्या १ सय ४० रहेको छ। यसैगरी मधुमेह रोगका कारण ४ सय २७ जना, हृदयघातबाट १ सय ४, अन्यकारणबाट ज्यान गुमाउने ४ सय १९, सवारी दुर्घटनामम १ सय १९, कामगरेकै ठाउँमा २६, अनुसन्धान जारी ५ जना र अन्यबाट २ जनाको हत्या गरी कुल १ हजार २ सय ४२ जनाले ज्यान गुमाएका छन्।


प्रकाशित : सोमबार, भदौ २१ २०७८०४:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend