बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीएसआरको रकम खेल क्षेत्रमा प्रयोग गर्ने व्यवस्था गरिदिन एनएसएल अध्यक्ष चौधरीको आग्रह

बिहीबार , जेठ ४ २०८०
सीएसआरको रकम खेल क्षेत्रमा प्रयोग गर्ने व्यवस्था गरिदिन एनएसएल अध्यक्ष चौधरीको आग्रह

'सामाजिक उत्तरदायित्वमा छुट्याइएको रकमलाई खेलकुद क्षेत्रमा खेल र खेलाडीको प्रोत्साहनमा प्रयोग गर्न पाइने नियम लागु गर्न सकिएमा यस निर्णयले खेलकुद क्षेत्रमा लगानी बढ्न गइ समग्र खेलकुद क्षेत्रलाई उकास्न सहयोगी सावित हुनेछ'

काठमाडौं- नेपालको व्यावसायिक खेलकुदमा योगदान गर्दै खेलाडीको जीवनस्तर सुधार्नुका साथै खेल क्षेत्रको समग्र विकासमा काम गरिरहेकी आश्रयता कार्की चौधरीले व्यवसायको सामाजिक उत्तरदायित्व कोष (सीएसआर) को रकम खेल क्षेत्रमा प्रयोग गर्ने व्यवस्थाका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आग्रह गरेकी छिन्। 

नेपाल सुपर लिग (एनएसएल) की अध्यक्ष चौधरीले प्रधानमन्त्री प्रचण्डलाई बालवुटारस्थित प्रधानमन्त्री निवासमा भेटगरी खेल क्षेत्रमा व्यवसायको सामाजिक उत्तरदायित्व कोषको रकम प्रयोग गर्ने व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेकी हुन्। जसले नेपालको खेल क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विषय चौधरीले उल्लेख गरेकी छिन्। 

उक्त अवसरमा अध्यक्ष चौधरीले नेपाल सुपर लिगले नेपाली खेल क्षेत्रमा निजी क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने र उत्कृष्ट प्रतियोगिताको माध्यमबाट नेपाली खेल क्षेत्रलाई थप व्यावसायिक र अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेकोबारे जानकारी गराइन्। 

नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रीयान्स कार्की र सीईओ सुदिप शर्मा पनि भेटमा संलग्न रहेका थिए। प्रधानमन्त्री प्रचण्डले पनि उक्त विषयमा आफू सकारात्मक रहेको बताएका छन्। 

नेपाली खेल क्षेत्रले असिमित सम्भावना बोकेको, सिमित स्रोत, साधन र लगानीको बाबजुद पनि सधैँ उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै आएकोले यस क्षेत्रलाई अझै ध्यान दिनु आवश्यक रहेको चौधरीले विज्ञप्तीमार्फत जनाएकी छिन्। 

'यदि सम्पूर्ण खेलकुद क्षेत्रमा उचित लगानी र निजी क्षेत्रलाई पनि सम्मिलित गराउने हो भने समग्र नेपाली खेलकुद क्षेत्रले काँचुली फेर्न सक्छ। खेलाडी र खेलकर्मीहरू खेलेर जीवन निर्वाह गर्ने वातावरण बनाउन सकिन्छ। त्यसको लागि व्यवसायहरूको सामाजिक उत्तरदायित्वमा छुट्याइएको रकमलाई खेलकुद क्षेत्रमा खेल र खेलाडीको प्रोत्साहनमा प्रयोग गर्न पाइने नियम लागु गर्न सकिएमा यस निर्णयले खेलकुद क्षेत्रमा लगानी बढ्न गइ समग्र खेलकुद क्षेत्रलाई उकास्न सहयोगी सावित हुनेछ' चौधरीले उल्लेख गरेकी छिन्। 

'खेलकुद क्षेत्रमा सीएसआर कोषको रकम विनियोजन गर्न दबाब बढदै गएको छ। सरकार र निजी क्षेत्रको प्रत्यक्ष संलग्नताबाट गरिने यो नविनतम प्रयासले नेपाली खेल क्षेत्र र खेलाडीहरुको स्तर उकास्ने छ र दीर्घकालीन रुपमा नेपाली खेल क्षेत्रले अन्तर्राष्ट्रिय रुपमै देशको नाम उच्च गर्न सफल हुनेछ। तसर्थ ढिला नगरी आउने आर्थिक वर्षदेखि लागु हुनेगरी व्यवसायको सामाजिक उत्तरदायित्वमा विनियोजित रकमलाई खेलकुद क्षेत्रमा पनि लगानी गर्न पाउने नियम लागु गर्ने निर्णय गराई नेपाली खेलकुद र खेलाडीको भविष्यलाई स्वर्णिम बनाउने कार्य अगाडि बढाइ दिनुहुन एनएसएल परिवार सरकारसँग अनुरोध गर्दछ' विज्ञप्तीमा उल्लेख छ। 


प्रकाशित : बिहीबार , जेठ ४ २०८००७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend