शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री

images
images
४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू मन्त्री भएपछि निगमलाई पूरै नाफामा लगेको भन्दै प्रचार मात्रै गरेका छैनन्, अब पाँचवटा जहाज खरिद गर्ने योजना सुनाउँदै सामाजिक सञ्जालमार्फत प्रचार गराइरहेका छन्।

images
images

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स चरम आर्थिक संकटमा छ। एयरलाइन्सले खरिद गरेको जहाजको ऋणसमेत बढ्दो छ। भएका जहाजको मूल्यमा दिन प्रतिदिन ह्रास आइरहेको छ। निगमसँग भएको सम्पत्तिभन्दा ऋण बढी छ। निगमको ऋण नै ५० अर्बको हाराहरीमा पुगेको छ।

images
images
images

एयरबस ३२० र वाइडबडी ए ३३० जहाज खरिदमा लिएको ऋणको समेत समयमा किस्ता र ब्याज भुक्तानी गर्न सकेको छैन। पछिल्लो समय केही रकम भने तिरेको छ। तर निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी गत आर्थिक वर्ष २०७८/०८९ को सञ्चालन नाफालाई लिएर प्रचार गरिरहेका छन्।

images

कार्यकारी अध्यक्ष अधिकारीको प्रचारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पनि साथ दिएका छन्। तर पछिल्लो ४ वर्षमा निगमले व्यहोरेको १४ अर्ब घाटाको कुनै कुरा गरिएको छैन। किन घाटामा गयो? घाटा न्यूनीकरणलाई के कस्ता योजना अगाडि सारिएको छ? व्यवस्थापनले कसरी काम गरिरहेको छ यसमा कुनै चासो छैन। जहाज खरिदको कमिसन लोभकै कारण गत आवको सञ्चालन नाफालाई देखाएर जहाज खरिद गर्ने क्षमता रहेको र जहाज खरिद गर्ने भन्दै तानाबाना बुन्ने काम भएको छ।

images

गत आवको सञ्चालन नाफा भएको बताउने निगमका कर्मचारी सम्रगमा निमगले कति घाटा व्यहोरेको थियो त्यसको विवरण दिन भने महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित हुन बाँकी छ भनिरहेका छन्। यसो भन्नुको एउट‌ै कारण हो- निगम गत आवमा झन्डै पाँच अर्ब घाटामा गएको छ। हरेक संस्थाले ३/३ महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने गरे पनि निगमले भने कुनै पनि वित्तीय विवरण सार्वजनिक गर्दैन। मन्त्री किरातीले निगम नाफामा गएको र जहाज खरिद गर्नसक्ने भन्दै प्रचार गरिरहेका छन्। तर अहिलेसम्म चालु आर्थिक वर्ष २०७९/८० को कुनै पनि वित्तीय विवरणहरू निगमले सार्वजनिक गरेको छैन।  स्रोतका अनुसार यो वर्ष पनि निगमले गत आवकै बराबरीमा घाटा व्यहोर्ने छ।

images
images

पछिल्लो चार वर्षमा निगममा १४ अर्ब घाटा भइसकेको छ। निगमको सम्पत्ति पछिल्लो पटक मूल्यांकन गर्दा ५४ अर्ब मात्रै देखिएको छ। अहिले निगमको सबै सम्पत्ति बिक्री गर्ने हो भने ४ अर्ब मात्रै बाँकी रहन्छ। यता सञ्चयकोष र नागरिक लगानी कोष भने अर्थ मन्त्रालयमा पटक पटक निगमको ऋण उठाइदिन आग्रह गर्दै आएका छन्। लाखौँ कर्मचारीको संकलित रकम डुब्ने हो कि भन्ने चिन्ता गर्दै आएका छन्।  निगमको गतवर्ष २०७८/७९ को सञ्चालन भएर आएको नाफा १ अर्ब मात्रै छ। जुन ऋण र किस्ता नतिरीकन कमाएको पैसा हो। ऋण र किस्ता तथा अन्य खर्च जोड्दा निगमको घाटा अझै ४ अर्ब ७९ करोड रूपैयाँ छ।  

अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू मन्त्री भएपछि निगमलाई पूरै नाफामा लगेको भन्दै प्रचार मात्रै गरेका छैनन्, अब पाँचवटा जहाज खरिद गर्ने योजना सुनाउँदै सामाजिक सञ्जालमार्फत प्रचार गराइरहेका छन्।

निगमले एयरबस ३२० जहाज खरिदमा सञ्चयकोषसँग १० अर्ब ऋण लिएको थियो। जुन अहिलेसम्म तिर्न सकेको छैन। यता वाईडबडी जहाज खरिदमा लिएको २४ अर्ब ऋणको किस्ता र ब्याजसमेत तिर्न सकेको छैन। सञ्चकोषमा साँवामात्रै २२ अर्ब पुगेको छ। १२ अर्बबाट बढेर कोषको सावाँब्याज गरेर १७ अर्ब ६० करोड रूपैयाँ पुगेको छ भने नागरिक लगानी कोषमा मात्रै साँवा १२ अर्ब रूपैयाँ रहेको छ। उडान बन्द भएका र बिक्री प्रक्रियामा रहेका जहाजबाट मात्रै निमगले १० अर्ब घाटा खाएको थियो। जहाज नउडे पनि बीमा लगायतमा रकम खर्च भइरहेको छ। तर मन्त्री किरातीलाई भने निगम नाफामा गएको र अब निगमको पैसामा जहाज खरिद गर्ने भन्दै प्रचार गराउन भ्याइनभ्याइ छ। अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको घाटा बढेको थियो।

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको नेतृत्व सम्हालेसँगै निगमको घाटा झनै बढेको बढ्यै छ। गत आर्थिक वर्षमा मात्रै निगमको घाटा ४ अर्ब ७९ करोड ३ लाख १४ हजार ३ सय रूपैयाँ पुगेको थियो। यो घाटा निगमकै इतिहासमा सबैभन्दा बढी हो। निगमको अघिल्लो आर्थिक वर्षको घाटा ३ अर्ब ६६ करोड ३० लाख ३९ हजार ५ सय ४४ रूपैयाँ थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा निगमको घाटा गत वर्ष १ अर्ब १३ करोड रूपैयाँले बढेको हो। अघिल्लो आर्थिक वर्ष भने निगमको घाटा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा कम भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा निगमले ३ अर्ब ७६ करोड रूपैयाँ घाटा व्यहोरेको थियो।

निगमले गत आर्थिक वर्ष जहाज उडान तथा ग्राउन्ड ह्यान्डलिङ सेवालगायतबाट कुल १२ अर्ब ४५ करोड ७३ लाख ८३ हजार ८ सय २४ सञ्चालन आय गरेको छ। निगमले उडान खर्चमा ६ अर्ब ८ करोड ६३ लाख १८ हजार ४ सय रूपैयाँ खर्च गरेको छ। यसैगरी निगमले बीमामा ८२ करोड ९१ लाख २ हजार ९ सय ६१ रूपैयाँ खर्च गरेको छ। रेन्टल खर्चमा ६७ करोड ३९ हजार ९५ हजार ३ सय २ रूपैयाँ र मर्मत संभारमा शीर्षकमा ८१ करोड ८३ लाख ९६ हजार ६ सय ९२ रुपैया निगमले खर्च गरेको छ।

यसैगरी गत आर्थिक वर्षमा नै निगमले कस्टुमर सर्भिसमा ६७ करोड ३७ लाख ७९ हजार रूपैयाँ, डिप्रिसेस शीर्षकमा २ अर्ब १ करोड ७ लाख ९६ हजार रूपैयाँ, प्रशासनिक खर्च शीर्षकमा २ अर्ब ४० करोड ७४ लाख २० हजार रूपैयाँ र एजेन्सी कमिसनमा २५ करोड ५९ लाख ८९ हजार रुपैयाा खर्च गरेको छ। यी सबै शीर्षकमा गरी निगमले १३ अर्ब ७५ करोड ५७ लाख ९८ हजार रूपैयाँ खर्च गरेको छ।

यसैगरी निगमले विभिन्न शीर्षकबाट ४९ करोड ८ लाख ४५ हजार आम्दानी गर्दा र वित्तीय खर्च शीर्षकमा ३ खर्ब ९८ करोढ २७ लाख ४५ हजार रूपैयाँ खर्च गरेको छ। सम्रगमा निगमलाई गत आर्थिक वर्ष ४ अर्ब ७९ करोड ३ लाख रूपैयाँ घाटा भएको हो।

निगमले अहिले आन्तरिकतर्फ दुईवटा जहाजमार्फत उडान गरिरहेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ चारवटा जहाजले उडान गरिरहेको छ। निगमले अहिले जापानको नारिता, साउदीअरबको रियाद, भारतको दिल्ली, मुम्बई र बैंग्लोर साथै मलेसिया, कतार, दुबई, बैंकक र हङकङमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

झन्डै ५ अर्ब घाटामा गएको निगम व्यवस्थापनले अहिले कमाइ बढेको भन्दै अनावश्यक झुटा प्रचार गरिरहेको छ। अधिकारीले आफूलाई बर्खास्ती गर्ने तयारी भएसँगै आम्दानी बढेको मिथ्या प्रचार गरिरहेका हुन्।

पछिल्लो चार वर्षदेखि निरन्तर घाटामा

पछिल्लो पटक निगमले नाफा देख्न पाएको वर्ष हो २०७४/०७५। २०७४/०७५ मा निमगले २५ करोड रूपैयाँ नाफा गरेको थियो। त्यसपछि निगमले कुनै आर्थिक वर्षमा नाफा आर्जन गर्न सकेको छैन। २०७४/०७५ सम्म निगमले २ वटा बोइङ र एयरबस ३२० बाट अन्तर्राष्ट्रिय उडान गरिरहेको थियो। जब २०७४ असार र साउनमा निगमले लामो दुरीको उडानका लागि भन्दै २ वटा वाइबडी जहाज खरिद गर्‍यो। तब निगम नाफामा जान सकेको छैन। वाइडबडी जहाज फुलफेजमा उडान नहुँदै विश्वभरी कोराना महामारी सुरु भयो।

निगमको बिजनेस डामाडोल नै भयो। आर्थिक संकटमा रहेको निगममा सक्षम नेतृत्व चाहिएको बेला निगमकै विवादित तथा यौन हिंसाका आरोपित पूर्वकर्मचारी युवराज अधिकारीलाई निगमको नेतृत्वमा लगियो। त्यसपछि भने निगमको घाटा बढेकाे बढ्यै छ। कोराना संकटको बेलामा समेत निगमले घाटा कम गराएको थियो। पछिल्लो ४ वर्षमा निमगले १४ अर्ब नोक्सानी व्यहोरेको छ। सबैभन्दा बढी घाटा गत आव २०७८/०७९ मा भएको छ। गत आवमा मात्रै ४ अर्ब ७९ करोड रूपैयाँ घाटामा गइसकेको थियो। 

यसैगरी निगम ०७७/०७८ मा ३ अर्ब ६६ करोड ३० लाख ३९ हजार ५ सय ४४ रूपैयाँ घाटामा गएको थियो। साथै २०७६/०७७ मा निगमले ३ अर्ब ७६ करोड रूपैयाँ घाटा व्यहोरेको थियो भने २०७५/०७६ मा  नेपाल एयरलाइन्सले १ अर्ब ८२ करोड रूपैयाँ भन्दा घाटा ब्यहोरेको थियो। 

airlines.jpg

 

images

प्रकाशित : बिहीबार , जेठ ४ २०८०११:५९

प्रतिक्रिया दिनुहोस