मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

नेपाल टेलिकमले घटायो भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल

images
मंगलबार, जेठ २ २०८०
images
images
नेपाल टेलिकमले घटायो भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल

अन्य देशमा जाँदा/रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो।

images
images

काठमाडौं- नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दरमा उल्लेखनीय रुपमा कमी गर्ने भएको छ।

images
images
images

मे १७ मा मनाइने आईटीयू डे २०२३ को अवसरमा बुधबार (भोलि) देखि लागु हुने गरी नयाँ महसुल दर कायम हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
 
प्रवक्ता अधिकारीका अनुसार नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन्। नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट ७ रूपैयाँ मात्र शुल्क लाग्ने छ।

images
images

त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रतिमिनेट ७ रूपैयाँ लाग्ने छ भने एसएमएस 
गर्दा प्रतिएसएमएस ७ रूपैयाँ नै लाग्ने छ। हाल भारतको कुनै नम्बरमा कल गर्दा ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ र एसएमएस गर्दा २४ रूपैयाँ लाग्ने व्यवस्था छ।

images
images
images

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रूपैयाँ मात्र लाग्ने छ। त्यसैगरी आएको कल उठाउँदा प्रतिमिनेट २५ र एसएमएस गर्दा प्रतिएसएमएस १० रूपैयाँ लाग्ने टेलिकमले जनाएको छ।

हाल कुनै नम्बरमा कल गर्दा १ सय ३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० लाग्ने व्यवस्था छ भने एसएमएस गर्दा प्रतिएसएमएस ३४ रूपैयाँ लाग्ने गरेको छ। त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी ४० रूपैयाँ शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ। यस अनुसार प्रति एमबी करिब ५ रूपैयाँ मात्र लाग्ने छ।

अन्य देशमा जाँदा/रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो। यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ। 


प्रकाशित : मंगलबार, जेठ २ २०८०१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend