मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो, निष्पक्ष अनुसन्धान होस् : कांग्रेस

images
मंगलबार, जेठ २ २०८०
images
images
भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो, निष्पक्ष अनुसन्धान होस् : कांग्रेस

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले निष्पक्ष र स्वतन्त्र अनुसन्धानमा पार्टीको सहयोग रहने स्पष्ट पारे।

images
images

काठमाडौं- नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएको छ।

images
images
images

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरी सो प्रकरणबारे पार्टीको धारणा स्पष्ट पार्दै प्रकरणका कुनै पनि दोषी उम्कन नहुने र निर्दोष व्यक्तिलाई जबरजस्ती फसाउने काम कतैबाट हुन नहुने बताए। निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र यसमा पार्टीको सहयोग रहने उनले स्पष्ट पारे।

images
images

उनले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा ‘मिडिया ट्रायल’ पनि भइरहेको आफूले पाएको भन्दै निर्दोष व्यक्तिलाई पनि दोषी देखाउने प्रयत्न भएकोप्रति खेद प्रकट गरे।

images
images
images

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको हालसम्म सो प्रकरणमा कुनै पनि दोष नदेखिएको र प्रमाण समेत नपाइएको अवस्थामा पनि सामाजिक सञ्जालमा ‘फेक अडियो’ बनाएर केही व्यक्तिले उनको बदनाम गर्न खोजिरहेको तथा यस्तै प्रकृतिका समाचारहरु कतिपय सञ्चारमाध्यममा आएको प्रवक्ता डा महतको भनाइ थियो।

सांसद डा‍. राणाले आफ्नो बदनाम गर्न फेक अडियो बनाउनेलाई काराबाहीका लागि प्रहरीसमक्ष निवेदनसमेत दिइसकेको जानकारी गराउँदै प्रवक्ता डा. महतले भने, 'उहाँले फेक अडियो बनाउनेलाई कारबाही गर्न उजुरी गर्नुभएको छ। तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषीझैँ व्यवहार भइरहेको देखिएको छ। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अडियो झुटो हो भन्ने हाम्रो पूर्ण विश्वास छ।'

सोही प्रकरण अनुसन्धानका क्रममा प्रहरी हिरासतमा परेका कांग्रेस नेता बालकृष्ण खाणले 'आफू निर्दोष छु, सावित गर्छु' भनेकाले पार्टीले निलम्बन नगरेको पनि उनले स्पष्ट पारे।

यस प्रकरणमा पार्टी सभापति किन मौन भन्ने प्रश्नको जवाफमा उनले भने, 'पार्टी सभापति शेरबहादुर देउवाले पनि सो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताउँदै आउनुभएको छ, तपाईंहरुलाई थाहै छ उहाँको कम बोल्ने बानी छ, कांग्रेसको स्पष्ट धारणा पनि यही हो कि यस प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ।' रासस


प्रकाशित : मंगलबार, जेठ २ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend