बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पेट्रोल र डिजलको मूल्य भारतबाट घटेर आयो, कुनमा कति?

मंगलबार, जेठ २ २०८०
पेट्रोल र डिजलको मूल्य भारतबाट घटेर आयो, कुनमा कति?

काठमाडौं- नेपालले भारतीय आयाल कर्पोरेसनबाट खरिद गर्ने इन्धनको मूल्य घटेर आएको छ। निगमका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजलमा ८ रुपैयाँ मूल्य घटेर आएको छ।

यसअघि १ तारेखमा पठाएको मूल्यसूचीमा पनि इन्धनको मूल्य घटेर आएको थियो।  यसअघि पेट्रोल लिटरमा ४.३७ रुपैयाँ र डिजल लिटरमा ४.१६ र मट्टीतेलमा ३.४८ रुपैयाँले घटेर आएको थियो।

साथै यसअघि हवाई इन्धनमा २ रुपैयाँ ९५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रूपैयाँ घटेरआएको थियो। तर निगमले उपभोक्ता मूल्य भने घटाएको छैन। 


प्रकाशित : मंगलबार, जेठ २ २०८००९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend