मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

संरक्षित पक्षीको शिकार गर्नेलाई हुने कारबाही बढाउने प्रस्ताव 

images
मंगलबार, जेठ २ २०८०
images
images
संरक्षित पक्षीको शिकार गर्नेलाई हुने कारबाही बढाउने प्रस्ताव 

संसद्‌मा दर्ता भएको विधेयकमा संरक्षित पक्षी शिकार गरि मारेमा वा घाइते  बनाएमा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ।

images
images

काठमाडौं- संरक्षित पक्षीको शिकार गरी मारेमा वा घाइते बनाए हुने दण्ड तथा जरिवाना बढाइने प्रस्ताव गरिएको छ।

images
images
images

सरकारले संसद्‌मा दर्ता गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा संरक्षित पक्षीको शिकार गरी मारेमा वा घाइते बनाएमा जरिवानाा र कैद  दुवै कारबाही बढाउने प्रस्ताव गरेको हो।

images
images

संसद्‌मा दर्ता भएको विधेयकमा संरक्षित पक्षी शिकार गरी मारेमा वा घाइते बनाएमा २० हजार रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ।

images
images
images

विद्यमान कानूनमा १५ हजारदेखि ३० हजार रूपैयाँसम्म जरिवाना वा तीन महिनादेखि ९ महिनासम्म कैद सजाय हुने व्यवस्था थियो। साथै कैद वा जरिवाना दुवै हुने व्यवस्था भने यथावत् नै राखिएको छ।

यसैगरी राष्ट्रिय निकुञ्ज, संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिई संरक्षित पक्षीबाहेक अन्य पक्षीको शिकार गरी मारेमा वा घाइते बनाएमा १५ हजार रूपैयाँ देखि ३० हजार रूपैयाँसम्म जरिवाना र ३ महिनादेखि ९ महिनासम्म कैद वा दुवै सजाय हुने गरी विधेयकमा समावेश गरिएको छ।

विद्यमान राष्ट्रिय तथा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भने  २० हजार रूपैयाँदेखि ५० हजार रूपैयाँ र ६ महिनादेखि एक वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था थियो।


प्रकाशित : मंगलबार, जेठ २ २०८०१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend