मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

बागलुङ बसपार्क सञ्चालनका लागि थालियो पहल

images
मंगलबार, जेठ २ २०८०
images
images
बागलुङ बसपार्क सञ्चालनका लागि थालियो पहल

बसपार्क नगर विकास कोषको आठ करोड ७० लाख रूपैयाँ ऋण लगानीमा निर्माण गरिएको थियो।

images
images

बलेवा- बागलुङ नगरपालिका-४ मा निर्माण गरिएको आधुनिक दावगह्रा बसपार्क सञ्चालनका लागि पहल सुरु भएको छ। प्राविधिक र कानूनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको हो।

images
images
images

बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका जग्गादातालाई बाँकी जग्गा फिर्ताको काम बाँकी छ। बसपार्कमा अपुग संरचना निर्माणको काम र बसपार्क सञ्चालनका लागि सरोकारवालासँग छलफलको कामलाई तत्काल अघि बढाउन नगरपालिका तयार भएको हो। सोमबार सरोकारवाला, जग्गादाता तथा सर्वसाधारणबीच सार्वजनिक सुनुवाइ गरेर तत्काल बसपार्क सञ्चालनमा ल्याउन काम थाल्ने निष्कर्षमा पुगेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

images
images

'जग्गातादाले एकीकृत गरेर दिएको जग्गामा बसपार्क बनेको छ, बाँकी जग्गा फिर्ता गर्नुपर्ने छ, त्यही जग्गामा निर्मित संरचना र फालिएको माटोका विषयमा अख्तियारमा मुद्दा छ', उनले भने, 'फिर्ता गर्नुपर्ने जग्गाको माटो व्यवस्थापनबारे अख्तियारको पत्र प्राप्त भएको छ, जनसमुदायले काम सुरु गर्नुस् भनेपछि अब काम थाल्छौँ।'

images
images
images

एकीकृत गरिएको झन्डै ६० रोपनी जग्गामध्ये १७ दशमलव आठ रोपनी जग्गामा बसपार्क बनेको छ भने बाँकी जग्गा कित्ताकाट गरेर दातालाई फिर्ता गर्ने सहमति छ। बाँकी रहेको जग्गामा फ्याँकिएको माटो व्यवस्थापनका विषयमा विवाद थियो। बसपार्क निर्माण कम्पनी आशिष फेवा जेभीले तीन सय मिटर टाढा फ्याँक्नुपर्ने माटो बाँकी रहेको जग्गामा फ्याँकेको र त्यही माटो पन्छाउनका लागि अर्को ठेक्का लागेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

माटो पन्छाउने जिम्मेवारी पाएको तिलक निर्माण सेवालाई काममा रोक लगाइएपछि जग्गाको कित्ताकाटलगायतका काम रोकिएका थिए। 'तिलक निर्माण सेवालाई काम गर्ने वातावरण हामीले बनाउँछौँ। आशिष फेवा जेभीले तोकिएको माटो बाहिर फालेको हो वा होइन प्राविधिक हिसाबमा खोजी गरेर बाँकी रकम भुक्तानी गर्छौँ', नगरप्रमुख श्रेष्ठले भने, 'माटो व्यवस्थापनपछि कम्तीमा जग्गाको कित्ताकाट गरेर दातालाई फिर्ता गर्ने र बाँकी संरचना बनाउने काम सुरु हुने छ।' 

जग्गादातालाई बाँकी जग्गा फिर्तापछि बसपार्क सञ्चालनको बाटो फुक्ने उनले बताए। बसपार्कका लागि पहुँचमार्गलगायतका संरचनाका लागि काम गर्न तयार रहेको उनले बताए। जग्गा व्यवस्थापन समितिका सचिव ध्रुवबहादुर केसीले बाँकी जग्गाको कित्ताकाट गर्ने काम चुनौतीपूर्ण रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए। उनले नगरपालिकाले जग्गादातासँग भएको सहमतिअनुसारका संरचना बाँकी जग्गामा बनाउनुपर्ने बताए।

बसपार्क नगर विकास कोषको आठ करोड ७० लाख रूपैयाँ ऋण लगानीमा निर्माण गरिएको थियो। बसपार्कको आशिष फेवा जेभीले निर्माणको ठेक्का लिएर काम गरेको थियो। आधुनिक बसपार्कसँगै यहाँ टर्मिनल, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ। यहाँ ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउने जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ २ २०८००७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend