मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

वित्त नीतिको लिकभन्दा बाहिर गएर मौद्रिक व्यवस्था हुँदैन : डेपुटी गभर्नर मिश्र

images
मंगलबार, जेठ २ २०८०
images
images
वित्त नीतिको लिकभन्दा बाहिर गएर मौद्रिक व्यवस्था हुँदैन : डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटको लिकभन्दा बाहिर गएर कुनै पनि मौद्रिक व्यवस्था नहुने स्पष्ट पारेका छन्।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेट अनुसारकै मौद्रिक नीति तय हुने बताएका छन्। 

images
images
images

नेपाल उद्योग परिसंघले आयोजना गरेको मेकइन नेपाल स्वदेशी समिटमा बोल्दै मिश्रले राष्ट्र बैंक र अर्थ मन्त्रालबीचमा निकट सहकार्य भइरहेको बताए। अहिलेदेखि नै नीतिगत कुरामा सरकार र बैंकबीच छलफल भइरहेको उनको भनाइ छ। 

images
images

जुन मार्गमा बजेट आउँछ सोही अनुसार मौद्रिक नीतिको व्यवस्था तय हुनेमा आशंका नगर्न उनले आग्रह गरे। 

images
images
images

पछिल्लो समय व्यवसायीहरूले बजारलाई सहजीकरण गर्नका लागि सरकार उदार भए पनि राष्ट्र बैंक अनुदार भएको गुनासो गर्दै आएका छन्। आगामी मौद्रिक नीतिलाई लचिलो बनाउनका लागि व्यवसायीहरूले अहिलेदेखि नै राष्ट्र बैंकमाथि दबाब बढाउँदै आएका छन्। 

राजनीतिक नेतृत्वबाट दबाब बढाइरहेको निजी क्षेत्रलाई जवाफ दिँदै मिश्रले बजेटको लिकभन्दा बाहिर गएर कुनै पनि मौद्रिक व्यवस्था नहुने स्पष्ट पारेका हुन्।


प्रकाशित : मंगलबार, जेठ २ २०८००६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend