मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथि दफाबार छलफल अघि बढाइँदै

images
मंगलबार, जेठ २ २०८०
images
images
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथि दफाबार छलफल अघि बढाइँदै

सम्पत्ति शुद्धीकरणसम्बन्धी एक सय पाँच र संक्रमणकालीन न्यायसम्बन्धी एक सय ८६ वटा संशोधन परेको छ।

images
images

काठमाडौं- संघीय संसद्अन्तर्गत कानून तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफाबार छलफलका लागि अघि बढाउने भएको छ ।

images
images
images

सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज बसेको पहिलो बैठकमा उक्त दुई विधेयकलाई जतिसक्दो छिटो अघि बढाउनुपर्ने विषयमा समितिका सदस्यहरुले सुझाव दिएका थिए। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ र सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐन संशोधन विधेयक समितिमा आएको र दफाबार छलफल गरी निष्कर्षमा पुर्‍याउनुपर्ने समितिका सभापति देउवाले जानकारी गराए।

images
images

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिमा आएका दुई विधेयकलाई जतिसक्दो छिटो समितिबाट पास गरेर पठाउनुपर्ने र संक्रमणकालीन न्याय मुलुकको इज्जतको विषय भएकाले महत्वका साथ अघि बढाइदिन आग्रह गरे।

images
images
images

उक्त विधेयकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एक सय पाँच र संक्रमणकालीन न्यायसम्बन्धी एक सय ८६ वटा संशोधन परेको छ। अब समितिमा दफाबार छलफल हुनेछ ।

नेकपा (एमाले) का उपाध्यक्ष एवम् समितिका सदस्य सुवासचन्द्र नेम्वाङले समितिमा भएका दुई विधेयकलाई तत्काल अघि बढाउनका लागि सबै एकताबद्ध भएको र संक्रमणकालीन न्यायको विषयमा एकमतका साथ अन्तर्राष्ट्रिय मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितको भावनाअनुरुप ऐन संशोधन गर्नुपर्ने सुझाव दिए।

सांसदहरु रञ्जु ठाकुर, सोविता गौतमलगायतले समितिको बैठकको कार्यविधि बनाएर उक्त विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए। समितिका सभापति देउवाले अर्को बैठकमा समितिको बैठकको कार्यविधि तय गरिने र समितिका विधेयकलाई अघि बढाउने जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, जेठ २ २०८००६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend