मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

होटल संघद्वारा मौद्रिक नीतिको समीक्षामा होटलसम्बन्धी व्यवस्थाको स्वागत

images
मंगलबार, जेठ २ २०८०
images
images
होटल संघद्वारा मौद्रिक नीतिको समीक्षामा होटलसम्बन्धी व्यवस्थाको स्वागत

मौद्रिक नीतिको समीक्षामा घोषित नीति र निर्देशन सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुबाट हुबहु कार्यान्वयन हुनुपर्ने संघको माग छ।

images
images

काठमाडौं- होटल संघ नेपालले नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामा होटलसम्बन्धी व्यवस्थाको स्वागत गरेको छ।

images
images
images

संघले मौद्रिक नीतिको समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने हेतुले २०८० असार मसान्तसम्म पुन:संरचना र पुनरतालिकीकरण गर्न पाउने घोषित नीतिको लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेको छ।

images
images

संघको काठमाडौंमा सम्पन्न कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामा गरिएका प्रावधानहरु स्पष्ट र सरल ढंगमा छिटोभन्दा छिटो लागु गर्न कार्यविधि र निर्देशिका बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरिनुपर्ने माग गर्दै घोषित नीति र निर्देशन सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुबाट हुबहु कार्यान्वयन हुन पनि माग गरेको छ।

images
images
images

संघले यसअघि भएका यस्तै समीक्षामा घोषित नीति तथा निर्देशनहरु लागु गर्न कार्यविधि र निर्देशिका जारी गर्न ढिलाई तथा बैंक तथा वित्तीय संस्थाहरुका सम्बन्धित सञ्चालक समितिहरुबाट समेतको निर्णय देखाएर फरक र ढिलो गर्ने व्यवहारप्रति ध्यानाकर्षण गर्दै यस विषयमा बैंकर्स संघसँग नजिकबाट सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

पर्यटन तथा होटल क्षेत्रको विकासका लागि राष्ट्रिय कार्यनीतिसहितको व्यवसायमैत्री ठूला प्रकृतिका प्रवर्द्धनात्मक कार्यक्रम लगायत कोभिडपछि क्रमशः उत्थान हुँदै आएको होटल तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम आवश्यक रहेको पनि होटल संघ नेपालले जनाएको छ।


प्रकाशित : मंगलबार, जेठ २ २०८००६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend