मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

स्टार्ट-अप उद्यममा प्रस्ताव गर्ने २१३ कम्पनी पहिलो चरणबाटै फालिए

images
मंगलबार, जेठ २ २०८०
images
images
स्टार्ट-अप उद्यममा प्रस्ताव गर्ने २१३ कम्पनी पहिलो चरणबाटै फालिए

कर्जाका लागि ३ सय ८२ वटा परियोजना प्रस्ताव पेश भएको थियो। प्रारम्भिक चरणको छनोटबाटै २ सय १३ कम्पनीका प्रस्ताव आयोग्य भएका हुन्।  

images
images

काठमाडौं- स्टार्ट-अप उद्यमका लागि प्रस्ताव पेश गर्नेमध्ये २ सय १३ कम्पनी बाहिरिएका छन्। उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गरेकामध्ये अधिकांश कम्पनी पहिलो चरणबाटै बाहिरिएका हुन्। 

images
images
images

उद्योग विभागमा कर्जाका लागि ३ सय ८२ वटा परियोजना प्रस्ताव पेश भएको थियो। प्रारम्भिक चरणको छनोटबाटै २ सय १३ कम्पनीका प्रस्ताव आयोग्य भएका हुन्।  

images
images

सहुलियत ऋण दिने भन्दै उद्योग विभागले गत चैत १६ गते परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको थियो।विभागले ‘स्टार्टअप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७९’ले तोकेका मापदण्ड पूरा नभएको भन्दै अयोग्य ठहर गरेको हो। 

images
images
images

कार्यविधिले स्टार्टअप उद्यम वा व्यवसायका लागि ७ वटा मापदण्ड तोकेको छ। कार्यविधिअनुसार यस्तो कर्जा पाउन उद्यम तथा व्यवसाय स्थापना वा सञ्चालन भएको ७ वर्ष ननाघेको र कम्तीमा पाँच मापदण्ड पूरा गर्नुपर्छ। विभागले अब बाँकी रहेका १६९ वटा परियोजनाको मूल्यांकन गर्ने छ। पहिलो चरणमा स्टार्टअप उद्यम कर्जा १०० जनालाई उपलब्ध गराउने योजना छ। 

कार्यविधिले परियोजना धितो राखेर अधिकतम २५ लाख रुपैयाँ कर्जा दिने व्यवस्था गरेको छ। कर्जा दुई किस्तामा उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ। 


प्रकाशित : मंगलबार, जेठ २ २०८००४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend