मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

घोराही-तुलसीपुर सडकको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाउने तयारी

images
सोमबार, जेठ १ २०८०
images
images
घोराही-तुलसीपुर सडकको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाउने तयारी

'ठेक्काको काम तोडिएको छ, अब नयाँ प्रक्रियामा अघि बढेको छ। यो बाटो अब छिट्टै अर्को प्रक्रियामा जान्छ', मन्त्री रेखा शर्माले भनिन्।

images
images

काठमाडौं- सरकारले घोराही-तुलसीपुरको चार लेन सडकको ठेक्का तोडेको छ। दाङमा सोमबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्।

images
images
images

कार्यक्रममा दाङको निकै समस्याका रूपमा रहेको चारलेन सडक ठेक्का प्रक्रिया नयाँ रूपमा अघि बढेको जानकारी दिँदै मन्त्री शर्माले भारतीय निर्माण कम्पनीले लिएको घोराही-तुलसीपुर सडकको ठेक्का तोडिएको बताइन्। 'ठेक्काको काम तोडिएको छ, अब नयाँ प्रक्रियामा अघि बढेको छ। यो बाटो अब छिट्टै अर्को प्रक्रियामा जान्छ', उनले भनिन्।

images
images

घोराही-तुलसीपुर चार लेनको काम २०७५ माघदेखि सुरु भएको हो। ३० महिनामा काम सक्ने गरी सम्झौता भयो। उक्त सडकमा अहिलेसम्म सातजना पेटी ठेकेदार फेरिएका छन्। चौथो पटक म्याद थप भइसकेको छ। 

images
images
images

विसं २०७८ जेठ ६ गतेभित्र काम सक्नुपर्ने भए पनि त्यसो हुन सकेन। काम सक्ने त टाढाको कुरा ६ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन। त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक र २०७८ पुस २८ गते सक्ने गरी दोस्रो पटक म्याद थप भयो। तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो।

त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन। अहिले खरिद ऐनको १२औँ संशोधनले चौथो पटकका लागि २०८० असारसम्म स्वतः म्याद थप गरेको छ।

सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए। त्यसपछि पुनः अनुप पाण्डे आए। उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए। उनीहरूबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजंग रायमाझी आएका हुन्।  

पटक पटक म्याद थप हुने तर, काम नसकिँदा नागरिकस्तरबाट पनि विरोध हुने गरेको छ। केही दिनअघि मात्रै सामाजिक अभियन्ताहरूको पहलमा चार लेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो। 


प्रकाशित : सोमबार, जेठ १ २०८०१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend