मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

नारायणी नदी किनारलाई ‘रिभर बिच’ मोडलमा विकास गरिँदै

images
सोमबार, जेठ १ २०८०
images
images
नारायणी नदी किनारलाई ‘रिभर बिच’ मोडलमा विकास गरिँदै

‘रिभर बिच’ तटबन्धन निर्माण भएपछि नारायणी नदी किनार सुन्दर देखिनुका साथै पर्यटकीय क्षेत्रको रुपमा विकास हुनेछ।  

images
images

नारायणगढ- भरतपुर महानगरपालिका वडा नं.१ स्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ नदी किनारलाई तटबन्धसँगै ‘सी बिच’ मोडलमा विकास गरिँदै छ। ६ सय ४० मिटर लम्बाइ तटबन्धको काम अन्तिम चरणमा पुगेको छ।

images
images
images

भरतपुर महानगरपालिकाको पहलमा नारायणी नदी व्यवस्थापन आयोजना चितवनले १५ करोड ९२ लाख रूपैयाँको लागतमा कटान रोक्ने कार्यका साथै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने उद्देश्यले उक्त तटबन्ध ‘रिभर बिच’ निर्माण गरिएको हो।

images
images

यही असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको तटबन्धनको यतिबेला ८५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ। तटबन्ध डाइनामिक कन्ट्रक्सन प्रालिले निर्माण गरिरहेको छ।

images
images
images

‘रिभर बिच’ तटबन्धन निर्माण भएपछि नारायणी नदी किनार सुन्दर देखिनुका साथै पर्यटकीय क्षेत्रको रुपमा विकास हुनेछ।  

पछिल्लो  समयमा नारायणी नदी किनारमा आन्तरिक पर्यटकहरुकोे भिड लाग्ने गर्दछ। उक्त ठाउँबाट नारायणी नदीमा मोटर वोट सयर गर्दै रमाउनेहरुको संख्या पनि उत्तिकै छ। ‘सी बिच’ मोडलको तटबन्ध निर्माणसँगै पर्यटकको संख्यमा अझ वृद्धि आउने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : सोमबार, जेठ १ २०८०१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend