मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

रोमानिया र कम्बोडिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुईजना पक्राउ 

images
सोमबार, जेठ १ २०८०
images
images
रोमानिया र कम्बोडिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुईजना पक्राउ 

रोमानिया र कम्बोडिया पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने विशाल विश्वकर्मा र सिद्धार्थ तामाङ पक्राउ परेका छन्।

images
images

काठमाडौं- रोमानिया र कम्बोडिया पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

images
images
images

रोमानियाका प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलबमा काम लगाइदिने प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बस्ने बागलुङका ३४ वर्षीय विशाल विश्वकर्मा पक्राउ परेका हुन्।

images
images

आइतबार लाजिम्पाटबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

images
images
images

यस्तै कम्बोडियामा पठाएर त्यहाँका क्यासिनोमा मासिक एक लाख रूपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै पीडितहरुबाट पटकपटक गरी १६ लाख रूपैयाँ ठगी गर्ने २९ वर्षीय सिद्धार्थ तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका शिवचोकबाट काठमाडौंको माकलबारी बस्ने सिन्धुपाल्चोकका तामाङलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ। 


प्रकाशित : सोमबार, जेठ १ २०८०११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend