मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

images
सोमबार, जेठ १ २०८०
images
images
टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

पक्राउ पुर्जी जारी भएदेखि फरार रहेका नेता रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो।

images
images

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

images
images
images

पक्राउ पुर्जी जारी भएदेखि फरार रहेका नेता रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो। न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अनुसन्धानका लागि उनलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

images
images

नेता रायमाझीविरुद्ध २० बैशाखमा पक्राउ पुर्जी जारी भएको थियो। उनका छोरा सन्दीप भने पक्राउ पुर्जी जारी भएलगत्तै पक्राउ परेका थिए। हालसम्म प्रहरीले यस प्रकरणमा १३ जनालाई पक्राउ गरेको छ। 

images
images
images

नेपाली कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि अहिले हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री खाँणसहित पक्राउ परेका १२ जनालाई आइतबार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

हालससम्म टेकनारायण पाण्डे, नेता रायमाझीका छोरा सन्दीप, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईलगायत पक्राउ परेका छन्।

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिइसकेको बताइएको छ। उक्त घटनाका पीडितहरुले कुल २३ करोड २५ लाख रूपैयाँ ठगी भएको जाहेरीमा उल्लेख गरेका छन्। 


प्रकाशित : सोमबार, जेठ १ २०८०१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend