मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी सबैलाई कानूनी दायरामा ल्याउन सांसदको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १ २०८०
images
images
नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी सबैलाई कानूनी दायरामा ल्याउन सांसदको माग
फाइल तस्बिर

सांसद डा स्वर्णिम वाग्लेले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरे।

images
images

काठमाडौं- सांसदहरूले भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अर्बभन्दा बढी आर्थिक घोटाला गर्ने कार्यमा संलग्नलाई उचित छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

images
images
images

सांसद हितराज पाण्डेलले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयले देश तातेको र सरकारले दृढताका साथ यो विषयलाई अगाडि बढाएकोप्रति जनतामा आशा जागेको भन्दै दोषीलाई कारबाही गरेर जनताको आशालाई विश्वासमा परिणत गर्न सरकार समक्ष माग गरे। 

images
images

सांसद डा स्वर्णिम वाग्लेले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरे। उनले भ्रष्टाचारका लागि सार्वजनिक पदको दुरुपयोग हुने गरेको र त्यसको उदाहरण तनहुँका दर्जनौँ आयोजना अलपत्र परेको, बनेका सडक पनि गुणस्तरहीन भएको भन्दै राष्ट्रिय भौतिक विकासको औचित्वमा बहस गर्नुपर्ने आवश्यकतामा जोड दिए।

images
images
images

सांसद ज्ञानु बस्नेत सुवेदीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उचित छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिन्। उनले  भ्रष्टाचारलाई निर्मूल गर्न आम नेपालीको एकता चाहिने भन्दै विगतका भ्रष्टाचारको पनि छानबिन गरिनुपर्ने बताइन्।

सांसद सुनिता बरालले भ्रष्टाचारले राजनीति क्षेत्रमा पनि वितृष्णा पैदा गरेको भन्दै भ्रष्टाचारसम्बन्धी विद्यमान कानून संशोधन गरी दोषीलाई उम्कने वातावरण नबनाउन माग गरिन्।

सांसद सूर्यप्रसाद ढकालले समाजका हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको भन्दै विसं २०५८ देखि हालसम्मका सबै क्षेत्रका उच्चतहका अधिकारीमाथि छानबिन गर्न उच्च उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गरे।

सांसद बिजुला रायामाझीले भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन्। रासस


प्रकाशित : सोमबार, जेठ १ २०८०१०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend