मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

पेट्रोल चोरीमा संलग्न ट्यांकर चालकलाई लगाइयाे ढुवानीमा प्रतिबन्ध

images
सोमबार, जेठ १ २०८०
images
images
पेट्रोल चोरीमा संलग्न ट्यांकर चालकलाई लगाइयाे ढुवानीमा प्रतिबन्ध

निगमले पेट्रोलियम चोरी पैठारीमा संलग्न ट्यांकरको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल गर्ने निर्णयसमेत गरेको छ। 

images
images

काठमाडौं- नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ। 

images
images
images

निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्यांकरले इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्यांकरका चालक र सहचालकलाई निगमको सम्पूर्ण डिपोमा सधैँका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो। 

images
images

रुपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्यांकरलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

images
images
images

निगमले पेट्रोलियम चोरी पैठारीमा संलग्न ट्यांकरको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल गर्ने निर्णयसमेत गरेको छ। 

लु२ख ४८३९ नम्बरको सो ट्यांकरले निगमसँग सम्झौता गरी बेतलापुर-भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो। आइओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आइओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाणभन्दा तीन हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो।

तोकिएभन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्यांकरलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ। नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्य सस्तो भएकाले सो ट्यांकरले चोरीपैठारी गरेका हुनसक्ने निगमको अनुमान छ। रासस


प्रकाशित : सोमबार, जेठ १ २०८००७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend