मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

विद्युतीय कारोबारको कसुरमा उजुर गर्ने हदम्याद ३५ दिनबाट तीन महिना पुर्‍याउने प्रस्ताव 

images
सोमबार, जेठ १ २०८०
images
images
विद्युतीय कारोबारको कसुरमा उजुर गर्ने हदम्याद ३५ दिनबाट तीन महिना पुर्‍याउने प्रस्ताव 

ऐनमा विभिन्न गतिविधिलाई कसुरजन्य भनेर परिभाषित गरेको छ। कम्प्युटर तथा इन्टरनेटको माध्यमबाट हुने गतिविधिलाई यो ऐनले समेटेको छ। 

images
images

काठमाडौं- विद्युतीय कारोबारका कसुरमा उजुर गर्ने हदम्याद बढाउनेगरी सरकारले ऐन संशोधन प्रस्ताव गरेको छ। 

images
images
images

विद्युतीय कारोबार ऐन २०६३ मा उल्लेखित कसुरजन्य घटनामा पीडितले उजुरी दिनका लागि यसअघि ३५ को हदम्याद रहेको थियो। यसलाई तीन महिना पुर्‍याउने संशोधन प्रस्ताव गरिएको छ। 

images
images

ऐनको दफा ७४ मा यो ऐन वा ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएकोमा वा यो ऐन बमोजिम कसुर ठहर्ने कुनै कुरा भएकोमा त्यस्तो उल्लंघन वा कसुर भए गरेको थाहा पाएको मितिले पैंतीस दिनभित्र उजुर गर्नु पर्ने भन्नेमा तीन महिनाको समय बनाउने संशोधन प्रस्ताव गरिएको छ। 

images
images
images

प्रतिनिधिसभामा दर्ता भएको केही नेपाल ऐन संशोधन विधेयक मार्फत् सरकारले यो संशोधनको प्रक्रिया अघि बढाएको हो। 

ऐनमा विभिन्न गतिविधिलाई कसुरजन्य भनेर परिभाषित गरेको छ। कम्प्युटर तथा इन्टरनेटको माध्यमबाट हुने गतिविधिलाई यो ऐनले समेटेको छ। 


प्रकाशित : सोमबार, जेठ १ २०८००४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend