बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आजदेखि फेरि लागु भयो एमडीएमएस, व्यक्तिगत रुपमा फोन ल्याउँदा दर्ता गर्नैपर्ने 

सोमबार, जेठ १ २०८०
आजदेखि फेरि लागु भयो एमडीएमएस, व्यक्तिगत रुपमा फोन ल्याउँदा दर्ता गर्नैपर्ने 

यसरी जाँचपास गराउनका लागि  राहदानी/नागरिकता, गएको र आएको स्ट्याम्प चाहिने भएको छ। भन्सारको नियमन अनुसार व्यक्तिले ल्याएका मोबाइल प्रणालीमा दर्ता हुनेछन्। 

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले आजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) लागु गरेको छ। यसअघि लागु गर्ने घोषणा गरेर पछि हटेको प्राधिकरणले आजदेखि फेरि लागु भएको जानकारी दिएको छ। 

यो प्रणाली लागु भएसँगै अबदेखि यो प्रणालीमा दर्ता नभएका मोबाइल नेपालमा नचल्ने भएका छन्। 

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरू प्रणालीमा प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ। 

नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत  प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले देहाय बमोजिमका कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ। 

यसरी जाँचपास गराउनका लागि  राहदानी/नागरिकता, गएको र आएको स्ट्याम्प चाहिने भएको छ। भन्सारको नियमन अनुसार व्यक्तिले ल्याएका मोबाइल प्रणालीमा दर्ता हुनेछन्। 

प्रकाशित : सोमबार, जेठ १ २०८००४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend