मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

मार्ग खुलेको करिब १५ वर्षपछि पोखरेबगर-चित्रे सडक कालोपत्र थालियो

images
सोमबार, जेठ १ २०८०
images
images
मार्ग खुलेको करिब १५ वर्षपछि पोखरेबगर-चित्रे सडक कालोपत्र थालियो

यो आयोजना निर्माणका लागि मोतीदान-जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजार रूपैयाँमा ठेक्का लिएको थियो।

images
images

म्याग्दी- म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर-चित्रे सडक कालोपत्र गर्न थालिएको छ। मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन्।

images
images
images

१८ किलोमिटर पाँच सय ४० मिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार-खिवाङ-शिख-फलाते हुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो।

images
images

प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको यो आयोजना निर्माणका लागि मोतीदान-जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजार रूपैयाँमा ठेक्का लिएको थियो।

images
images
images

आयोजनाका इन्जिनियर विवेक पौडेलले सडक विस्तार, नाली, पर्खाल निर्माणलगायत संरचना बनाउने, बेस, सब बेस राख्ने काम सकिएपछि कालोपत्र गर्न थालिएको बताए। 'खिवाङ-शिख खण्डमा प्राइम कोड बिछ्याउने काम भइरहेको छ, अर्को चरणमा घार खण्डमा र त्यसपछि फलाते-चित्रे खण्डमा प्राइम कोड बिछ्याउने कार्यतालिका छ', उनले भने, 'प्राइमकोड राखेपछि दुई चरणमा डिबिएसडी प्रविधिको कालोपत्र हुन्छ।'

विसं २०७७ जेठ २२ गते सक्ने सम्झौता भएको आयोजनाका निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूवनोट, प्राकृतिक विपत्ति, कोरोना महामारीलगायतका कारणले लक्ष्यभन्दा तीन वर्षपछि सकिन लागेको हो। 

सडक निर्माणले पूर्णताः र कालोपत्र हुन थालेपछि आशा जागेको शिखका स्थानीयवासी सुरेन गुरुङले बताए। शिख, घारका दुई हजार पाँच सय घरधुरी र दैनिक सयौँको सङ्ख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुग्ने र सहज हुनेछ। 

म्याग्दीको गौरवको आयोजना मानिएको पोखरेबगर-चित्रे सडक आयोजनाको सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागिसमेत उत्तिकै महत्व छ। सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयवासीलाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए। रासस


प्रकाशित : सोमबार, जेठ १ २०८००४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend