बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगातार २ वर्षसम्म सय जना कामदार नपठाउने म्यानपावरको इजाजत रद्ध नहुने

आइतबार, वैशाख ३१ २०८०
लगातार २ वर्षसम्म सय जना कामदार नपठाउने म्यानपावरको इजाजत रद्ध नहुने
फाइल तस्बिर

ऐनको दफा १३ को उपदफा २ को खण्ड ३ को २ मा लगातार २ वर्षसम्म वार्षकि १ सय जना कामदार पठाउन नसक्नेका म्यानपावरको इजाजत स्वत रद्ध हुने व्यवस्था थियो। व्यवसायीलाई सहज हुने गरी उक्त व्यवस्था नै खारेजी गर्ने गरी विधेयक दर्ता भएको हो। 

काठमाडौं-  सरकारले केही नेपाल ऐन संशोधन मार्फत् म्यानपावर व्यवसायीलाई सहज हुने गरी वैदेशिक रोजगार ऐन २०६४ को दफा १३ संशोधनको प्रस्ताव गरेको छ।

संसदमा दर्ता भएको केही नेपाल ऐन संशोधन विधेयकमा ऐनको दफा १३ को उपदफा २ को खण्ड घ को २ मा रहेको व्यवस्था नै हटाउने गरी प्रस्ताव गरिएको छ।

ऐनको दफा १३ को उपदफा २ को खण्ड ३ को २ मा लगातार २ वर्षसम्म वार्षकि १ सय जना कामदार पठाउन नसक्नेका म्यानपावरको इजाजत स्वत रद्ध हुने व्यवस्था थियो। व्यवसायीलाई सहज हुने गरी उक्त व्यवस्था नै खारेजी गर्ने गरी विधेयक दर्ता भएको हो। 

यसैगरी कामदार पठाउन पूर्वस्वीकृत भएको अवस्थामा  इजाजतपत्रवालाले राष्ट्रिय स्तरको नेपाली भाषामा प्रकाशन हुने पत्रिकामा कम्तीमा सात दिनको म्याद दिइ विज्ञापन प्रकाशन गर्नु पर्ने व्यव्यालाई पनि संशोधन गरेर कम्पनीको वेवसाइटमा राखे मात्रै पुग्ने बनाउने गरी संशोधन विधेयक दर्ता भएको छ। यसैगरी विमानस्थलमा श्रम डेक्स नराख्ने व्यवस्थाका लागि दफा ७३ हटाउने गरी विधेयक दर्ता भएको छ।

प्रकाशित : आइतबार, वैशाख ३१ २०८०१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend