काठमाडौं- सरकारले ८० वटा कानूनमा एकसाथ संशोधनको प्रक्रिया अघि बढाएको छ।
कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रा लयले केही नेपाल ऐन संशोधन विधेयक मार्फत ७९ वटा कानूनमा संशोधन प्रस्ताव गरेको छ। मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गराएको विधेयकमा विभिन्न ७९ वटा कानूनमा संशोधन प्रस्ताव र दुईवटा कानून खारेजको प्रस्ताव गरिएको छ।
वन तथा वातावरण, राजस्व चुहावट, खानेपानी तथा अन्य विविध विषयका कानूनमा सामान्यदेखि विस्तारितसम्मका संशोधन प्रस्ताव गरिएको छ।
केही नेपाल ऐन संशोधन विधेयकमा सार्वजनिक खरिद ऐन, विद्युतीय कारोबार ऐन पनि संशोधनको प्रस्ताव गरिएको छ। छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन र विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठान ऐनमा संशोधन प्रस्ताव गरिएको छ।