मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

१० महिनामा २ सय ४८ उद्योगमा झन्डै २ खर्बको लगानी प्रतिबद्धता

images
आइतबार, वैशाख ३१ २०८०
images
images
१० महिनामा २ सय ४८ उद्योगमा झन्डै २ खर्बको लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता हाइड्रोपावरमा आएको छ। हाइड्रोतर्फ ३९ उद्योगमा १ खर्ब १ अर्बको लगानी प्रतिबद्धता आएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्ममा २ सय ४८ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार २ सय ४८ उद्योगमा स्वदेशी तथा विदेशी गरी झन्डै २ खर्बको लगानी प्रतिबद्धता आएको छ। 

images
images
images

चालु आवको १० महिनामा २ सय ४८ उद्योगमा १ खर्ब ९२ अर्ब ८७ करोड ७६ लाख रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। यो गत आवको तुलनामा १ खर्ब रूपैयाँभन्दा बढीले कम हो। गत आर्थिक वर्ष २०७८/०७९ को १० महिनामा २ सय ६४ उद्योगमा २ खर्ब ९३ करोड रूपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको थियो।

images
images

कुन क्षेत्रमा कतिको लगानी प्रतिबद्धता?

images
images
images

चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता हाइड्रोपावरमा आएको छ। हाइड्रोतर्फ ३९ उद्योगमा १ खर्ब १ अर्बको लगानी प्रतिबद्धता आएको छ।

यसैगरी पर्यटनमुलक उद्योगतर्फ ४४ वटा उद्योग दर्ता भएको छ भने २२ अर्ब ६७ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। यसैगरी उत्पादनमुलकतर्फ ३७ अर्ब २७ करोड रूपैयाँ बराबरको ९८ वटा उद्योग दर्ता भएका छन्।

सर्भिसतर्फ २९ अर्ब ३१ करोड रूपैयाँको लगानी प्रतिबद्धता सहितको ४७ उद्योग दर्ता भएका छन्। 


प्रकाशित : आइतबार, वैशाख ३१ २०८०१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend