मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

दब्ल्याङमा पहिरो जाँदा बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध

images
आइतबार, वैशाख ३१ २०८०
images
images
दब्ल्याङमा पहिरो जाँदा बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध
फाइल तस्बिर।

आज दिउँसोदेखि सुरु भएको वर्षासँगै दब्ल्याङमा पहिरो खसेको हो।

images
images

बलेवा- वर्षापछि आएको बाढी र पहिराका कारण बागलुङ-कुश्मीशेरा सडक बन्द भएको छ। बागलुङ नगरपालिका-१० भकुण्डेको दब्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ-कुश्मीशेरा सडक बन्द भएको हो।

images
images
images

आज दिउँसोदेखि सुरु भएको वर्षासँगै दब्ल्याङमा पहिरो खसेको हो। तीन वर्ष अघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको छ। आजको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए।

images
images

सदरमुकाम बागलुङ बजारदेखि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन्। सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानहरुले प्रयास गरिरहेका छन्।

images
images
images

'पहिरो अहिले नै हटाउन सम्भव नभएको बागलुङ नगरपालिकाले बताएको छ', खड्का भन्छन्, 'भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुनेछ।' रासस


प्रकाशित : आइतबार, वैशाख ३१ २०८०१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend