मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

घरजग्गामा जाने ऋण खुकुलो नहुँदै बैंकहरूको लगानी बढ्यो, ९ महिनामै २ खर्ब ३९ अर्ब प्रवाह

images
सोमबार, जेठ १ २०८०
images
images
घरजग्गामा जाने ऋण खुकुलो नहुँदै बैंकहरूको लगानी बढ्यो, ९ महिनामै २ खर्ब ३९ अर्ब प्रवाह
images
images

काठमाडौं- घरजग्गामा जाने ऋण खुकुलो बनाउन राष्ट्र बैंकलाई दबाब बढिरहेका बेला बैंकहरूको लगानी भने बढेको छ। चालु नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार निक्षेपमा सुधार हुन थालेपछि बैंकहरूले घरजग्गामा लगानी बढाएका छन्। 

images
images
images

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अनुत्पादक क्षेत्रमा भएको लगानीमा कडाइको नीति लियो। घरजग्गामा १५० प्रतिशतसम्म जोखिम भार पुर्‍याइएको थियो। राष्ट्र बैंकले घर खरिदमा एक करोड ५० लाख रुपैयाँसम्मको ऋणलाई रियलस्टेटमा गणना गर्ने नीतिमा पुनरावलोकन गराउन पनि दबाब दिएको छ। ऋण सहजताका लागि भार १०० मा झार्न अहिले फेरि दबाब दिइएको छ। तर राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा उक्त विषय संशोधन भने गरेको छैन।

images
images

चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाले घरजग्गा कारोबारमा लगानी बढाएका हुन्। बैंक तथा वित्तीय संस्थाले १२ लगानी क्षेत्रहरूमा ४८ खर्ब ६४ अर्ब ७९ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ३१ अर्ब ७७ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

images
images
images

घर जग्गा कारोबारमा वित्तीय संस्थाहरूले २ खर्ब ३९ अर्ब रुपैयाँ प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा घर जग्गमा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

त्यसैगरी वित्तीय संस्थाले चैत मसान्तसम्ममा घर जग्गा १५ लाख सम्मको व्यक्तिगत घर ऋण बाहेक ६४ अर्ब ७० करोड कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा यस क्षेत्रमा बैंकहरूले ४८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

वित्तीय संस्थाले कमर्सियल कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्रको लगानी बढाएका छन्। गत वर्ष चैत मसान्तमा वित्तीय संस्थाले कमर्शियल कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्र २४ अर्ब ८५ करोड गरेको कर्जा प्रवाह यो वर्षको चैतसम्ममा बढेर २८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

अन्य घरजग्गा (जग्गा खरिद र प्लटिङ सहित) क्षेत्रमा १ खर्ब ३४ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंकहरूले यस क्षेत्रमा १ खर्ब १८ अर्ब ८ करोड लगानी गरेका थिए।

त्यसैगरी आय उत्पन्न वाणिज्य परिसरमा क्षेत्रको कर्जामा बैंकहरूले ११ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गतवर्ष सोही अवधिमा बैंकहरूले यस क्षेत्रमा ७ अर्ब ६९ करोड लगानी गरेका थिए। यता जग्गा खरिद तथा प्लटिङ क्षेत्रको कर्जामा ३९ अर्ब ३७ करोड, तोकिएको उद्देश्य बिना छ वा सो भन्दा माथिको क्षेत्रमा ६९ अर्ब २९ करोड र अन्य क्षेत्रको कर्जामा २५ अर्ब ५४ करोड कर्जा प्रवाह गरेका छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा ४९ हजार १ सय ५० लिखत पास भएको छ। फागुनमा देशभरका मालपोत कार्यालयहरूबाट ४० हजार ७ सय ३४ लिखत पास भएको थियो। 

गत माघमा ४१ हजार ८६ कित्ता किनबेच भएको थियो। मंसिरमा भन्दा पुस महिनामा पनि बढेर ३८ हजार ८ सय ७१ पुगेको थियो। गत मंसिरमा २९ हजार १ सय ८४ रहेको लिखत पास भएको थियो। मंसिर र पुसमा भन्दा माघमा कारोबार बढेपछि फागुनमा पनि बढ्ने अनुमान गरिएको थियो। तर फागुनमा कारोबार घटेको थियो। कात्तिकमा २७ हजार ९ सय ३९ घरजग्गा किनबेच भएको थियो।

चैतमा ४ अर्बभन्दा बढी राजस्व संकलन भएको छ। फागुनमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागको तथ्यांक छ। 

पुसमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। मंसिरमा सरकारले घरजग्गा खरिद बिक्रीबाट २ अर्ब ६५ करोड रुपैयाँमात्रै संकलन गरेको थियो। माघ महिनाको घरजग्गाको कारोबारमा पछिल्लो ४ महिनायताकै सर्वाधिक किनबेच भएको थियो। 


प्रकाशित : सोमबार, जेठ १ २०८०००:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend