मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्री खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

images
आइतबार, वैशाख ३१ २०८०
images
images
नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्री खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रक्रणमा मुछिएपछि खाँणलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो।

images
images

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।

images
images
images

काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री खाँणसहित पक्राउ परेका १२ जनालाई आइतबार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

images
images

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रक्रणमा मुछिएपछि खाँणलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका तत्काली गृहसचिव टेकनारायण पाण्डेले खाँणकै सल्लाह तथा सहयोगमा आफूले काम गरेको उल्लेख गरेपछि खाँणलाई प्रहरीले पक्राउ गरेको हो।

images
images
images

यस प्रकरणमा हालसम्म १२ जना पक्राउ परेका छन्। प्रकरणमा मुछिएका नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी भने फरार छन्। प्रहरीले उनलाई खोजिरहेको छ। उनका छोरा सन्दीप रायमाझी भने प्रहरी नियन्त्रणमा छन्। 

हालससम्म टेकनारायण पाण्डे, नेता रायमाझीका छोरा सन्दीप, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईलगायत पक्राउ परेका छन्।

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिइसकेको बताइएको छ। उक्त घटनाका पीडितहरुले कुल २३ करोड २५ लाख रूपैयाँ ठगी भएको जाहेरीमा उल्लेख गरेका छन्। 


प्रकाशित : आइतबार, वैशाख ३१ २०८०११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend