मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

कतार पठाइदिन्छु भन्दै ६९ लाख ठगी गर्ने पक्राउ

images
आइतबार, वैशाख ३१ २०८०
images
images
कतार पठाइदिन्छु भन्दै ६९ लाख ठगी गर्ने पक्राउ

कतार पुलिसमा रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गर्ने ४९ वर्षीय रुद्रबहादुर लिम्बु पक्राउ परेका हुन्।

images
images

काठमाडौं- आकर्षक तलबमा कतारमा काम लगाइदिन्छु भन्दै ६९ लाख रूपैयाँभन्दा बढी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। कतार पुलिसमा रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गर्ने ४९ वर्षीय रुद्रबहादुर लिम्बु पक्राउ परेका हुन्।

images
images
images

हाल काठमाडौं बस्दै आएका ताप्लेजुङका लिम्बुलाई ठगी अभियोगमा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

images
images

प्रहरीका अनुसार लिम्बु समेतले १९ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार पुलिसमा १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६९ लाख रुपैयाँ ठगी गरेका हुन्।

images
images
images

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ। 


प्रकाशित : आइतबार, वैशाख ३१ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend