मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

हेटौँडा उपमहानगरले माग्यो बजेटमा सुझाव

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३१ २०८०
images
images
हेटौँडा उपमहानगरले माग्यो बजेटमा सुझाव

हेटौँडा उपमहानगरपालिका प्रमुख मीना लामाले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमा जोड दिइने बताइन्।

images
images

बागमती- हेटौँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ। यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको छ। 

images
images
images

उपमहागनरपालिकाले सुझाव संकलन गर्नका लागि सबै नागरिक कार्यालयमा उपस्थित हुन नभ्याउने भएकाले क्यूआर कोड सार्वजनिक गरेको छ।

images
images

'हेटौँडा नगरको विकासका गर्नका लागि साझा गन्तव्य र प्राथमिकता चयन गर्नुपर्ने भएकाले आगामी नीति तथा कार्यक्रम तथा बजेटप्रति नगरवासीको धारणा एवं महत्वपूर्ण सुझाव क्यूआर कोडमार्फत संकलन गर्ने निर्णय लिएको  छ', सूचनामा भनिएको छ। 

images
images
images

उपमहानगरपालिका प्रमुख मीना लामाले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमा जोड दिइने बताइन्। उपमहानगरले हाल विभिन्न चरणमा विभिन्न विषयगत समिति, शाखा र महाशाखाबाट बजेट निर्माणका विषयमा छलफल गरिरहको छ। रासस


प्रकाशित : आइतबार, वैशाख ३१ २०८०१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend