मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन जना पक्राउ

images
आइतबार, वैशाख ३१ २०८०
images
images
चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन जना पक्राउ

उनीहरूले दुई महिनाभित्र २२ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेका थिए। 

images
images

उदयपुर- जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ।

images
images
images

प्रहरीले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न स्थानका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो। उनीहरूले दुई महिनाभित्र २२ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ।

images
images

चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले करस्वरुप तोकिएकमोजिमको रकम बुझाउनुपर्ने भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटकपटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको थियो।

images
images
images

पक्राउ पर्नेमा जिल्लाको कटारी नगरपालिका-३ निवासी उज्वल थापामगर, चितवन जिल्ला रत्ननगर नगरपालिका-२ का सुशील श्रेष्ठ र काठमाडौं महानगरपालिका १० बुद्धनगरमा लुकछिपी बसेका कटारी-३ का विशाल थापामगर रहेको प्रहरी  प्रमुख तथा प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए। उनीहरू बिरुद्ध ठगी सम्बन्धित मुद्दासमेत दर्ता गरिएको छ।        

ती अभियुक्तले खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका-२ स्थायी घर भई हाल उदयपुरको त्रियुगा नगरपालिका-३ मोतिगडा बस्ने वर्ष २९ का उदय राईलाई २५ लाख भारतीय रुपैयाँ चिट्ठा परेको भन्दै कीर्ते कागजात देखाएर पहिला कर तिर्नुपर्छ खातामा पैसा बुझाउनु भन्दै ३० हजार रूपैयाँ ठगी गरेका थिए।

यसैगरी अन्य व्यक्तिलाई पनि चिट्ठा परेको भन्दै पटकपटक गरेर उनीहरुले २२ लाख २० हजार रूपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक  कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा जनतालाई ह्वाटस् एप्समार्फत उक्त कम्पनीको छापसमेतको कागजात देखाएर सुरुमै २० हजार रूपैयाँदेखि एक लाखसम्म कर लिएर आफ्ना खातमा रकम संकलन गर्न लगाउने गरेको खुल्न आएको जानकारी दिइयो।

पक्राउ परेकाहरूले गाउँगाउँमा गएर पहिला आफ्ना मान्छेमार्फत पैसा भएका सोझासाझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरुको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरुका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको कीर्ते कागजात देखाउने गरेका थिए।

'चिट्ठाको नाममा ठगी गर्ने आपराधिक समूमध्येको पक्राउ गरिएका तीन जना त समान्य बाहिर भूमिका निर्वाह गर्ने मात्र हुन्, वास्तविक नाइकेको खोजी भइरहेको छ, प्रहरीले चाँडै उनीहरुसम्म पुग्नेगरी अनुसन्धान सुरु गरेको छ, र अब चाँडै मुख्य नाइके पक्राउ पर्नेछ', प्रहरी प्रमुख फुयाँलले भने,'पक्राउपर्नेहरूका आधारमा नै मुख्य नाइकेको पनि तीव्र खोजीकार्य सुरु गरिएको छ।'

पक्राउ गरिएकाहरू विरुद्ध  मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ अन्तर्गत एक्सटर्शनको कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि  बढाइएको हो। रासस


प्रकाशित : आइतबार, वैशाख ३१ २०८००९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend