मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

भत्किएको पुल वर्षाैँसम्म नबनेपछि पूर्वमन्त्री सञ्जय गौतम बसे अनशन

images
आइतबार, वैशाख ३१ २०८०
images
images
भत्किएको पुल वर्षाैँसम्म नबनेपछि पूर्वमन्त्री सञ्जय गौतम बसे अनशन

सबैखाले भ्रष्टाचारको प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने मागसमेत सांसद सञ्जयकुमार गौतमले राखेका छन्।

images
images

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद सञ्जयकुमार गौतम आमरण अनशन बसेका छन्।

images
images
images

पूर्वमन्त्रीसमेत रहेका गौतम जिल्लासँग सम्बन्धित १५ वटा विकासका माग पूरा गर्न माग गर्दै शनिबारदेखि अनशन बसेका हुन्। उनले समस्त बर्दियाका जनताका तर्फबाट आफू अनशनमा बसेको बताएका छन्।

images
images

जब्दीघाटको भत्किएको पुलमुनि अनशन बसेका उनले उक्त पुलका संरचना हटाएर तत्कालै नयाँ पुल बनाउनसमेत माग गरेका छन्। बर्दिया सदरमुकाम जोखिममा रहेकोले तत्काल तटबन्धनको बाँकी काम पूरा गर्नुपर्ने, बबई सिँचाइ आयोजना ३ वर्षभित्र पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ-तेलपानी-सुर्खेत सडकखण्ड निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरू गर्न उनले सरकारसँग माग गरेका छन्।

images
images
images

साथै गुलरिया मूर्तिया नाका तुरून्त सुचारू गर्नुपर्ने, मध्यवर्ती क्षेत्रका बासिन्दालाई निःशुल्क बीमा व्यवस्था गरिनुपर्ने, बाढीपीडितलाई भूकम्पपीडित सरह राहत दिने व्यवस्था लागु गरिनुपर्ने, कपास विकास समिति विघटन गरी किसानहरूलाई मोही सरह हैसियत दिनुपर्ने, सत्तिघाट पुलमा आवश्यकताअनुसार स्पान थप गर्नुपर्ने माग पनि उनले राखेका छन्।

pull 11.jpg

गत वर्ष बेमौसमी बर्सातका कारण बालीनालीमा क्षति पुगेकोले त्यसबेला घोषणा गरेअनुसार राहत दिनुपर्ने, राजापुर सिँचाइ आयोजनाको दोस्रो चरणको कामका लागि बजेट विनियोजन गरिनुपर्ने माग पनि उनले राखेका छन्।

अव्यवस्थित र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न पनि उनले सरकारसँग माग गरेका छन्। किसानलाई बीउ र मललगायत उपलब्ध गराउने र उचित बजार व्यवस्थापन गरिनुपर्ने र बर्दियामा एक कृषि पोलिटेक्निक स्थापना गर्नुपर्ने उनको माग छ।

सबैखाले भ्रष्टाचारको प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने मागसमेत उनले राखेका छन्।


प्रकाशित : आइतबार, वैशाख ३१ २०८००७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend