मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

वन डढेलो र आगलागी बढ्दै

images
आइतबार, वैशाख ३१ २०८०
images
images
वन डढेलो र आगलागी बढ्दै

यही बैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४  वन डढेलोका घटना घटेका छन्।

images
images

काठमाडौं- आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ।

images
images
images

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यही बैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४  वन डढेलोका घटना घटेका छन्।

images
images

प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने ६५ जना घाइते भएका छन्। गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका र एक महिनामा आगलागी र वन डढेलोका ६ सय २१ घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले जानकारी दिए।

images
images
images

आगो तथा डढेलो लागेको देख्नेबित्तिकै पूर्वतयारीबिना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिममा पर्ने भएकाले आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायबिना त्यस्तो ठाउँमा नजान उनले आग्रह गरे।

यसैगरी जंगलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिने भएकाले सोको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ। सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठुटा जथाभावी नफाल्न, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि प्राधिकरणको समुदायलाई आग्रह छ। रासस


प्रकाशित : आइतबार, वैशाख ३१ २०८००६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend