मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

उदयपुर सिमेन्टमा थप ५५ करोड लगानी गर्न सरकारसँग माग

images
आइतबार, वैशाख ३१ २०८०
images
images
उदयपुर सिमेन्टमा थप ५५ करोड लगानी गर्न सरकारसँग माग

उद्योगमा काम नै नगरी ओभरटाइम सेवा लिने प्रवृत्तिलाई दुरुत्साहित गर्नुपर्नेमा उद्योगमन्त्रीको जोड छ।

images
images

काठमाडौं- उदयपुर सिमेन्ट उद्योगलाई बचाउन आगामी बजेटमा विशेष व्यवस्था गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिएका छन्।

images
images
images

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको ३५औँ साधारणसभा उद्घाटन गर्दै मन्त्री रिजालले उद्योगलाई राम्रोसँग चलाउन सक्ने गरी आगामी बजेटमा व्यवस्था गर्ने लागिएको जानकारी दिएका हुन्।

images
images

उद्योगमा सरकारले थप लगानी गर्न मन्त्रालयले एक कार्यदल गठन गरेको र सो कार्यदलको प्रतिवेदनका आधारमा लगानीको स्वरुप प्रस्ट हुने मन्त्री रिजालले बताए।

images
images
images

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगलाई बचाउन सबैले आ-आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने भन्दै उनले त्यसका लागि सरकारले आवश्यक सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उद्योगमा काम नै नगरी ओभरटाइम सेवा लिने प्रवृत्तिलाई दुरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए।

उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले उद्योगको अवस्था, हाल भइरहेको क्रियाकलाप र भावी योजनाको बारेमा जानकारी गराएका थिए।

उद्योगको लागि ३० वर्ष पुराना मिल मेसिनरी फेर्न र उत्पादन बढाइ दैनिक १६ हजार बोरा पुर्‍याउन ५५ करोड ७५ लाख रूपैयाँ लगानी गरिदिन आग्रह गरेका थिए। हाल २० करोड मात्रै भए पनि लगानी गर्न सके पनि क्लिन सेल र बर्नर फेर्न सके मात्रै पनि उत्पादन बढ्ने उनले बताए। 


प्रकाशित : आइतबार, वैशाख ३१ २०८००५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend