मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

images
आइतबार, वैशाख ३१ २०८०
images
images
ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

बेनी-पाखापानी सडकको जामुनाखर्क, अर्थुङ्गे-पुलाचौर सडकको बाँसबोट क्षेत्रको सडक पनि ढलान भइरहेको छ।

images
images

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गरेको छ।

images
images
images

जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका लागि पक्की बनाउने योजना अघि बढाएको छ।

images
images

ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि पछिल्लो समय त्यस्ता सडकलाई पक्की बनाउने अभियान थालिएको नगर उपप्रमुख ज्योति लामिछानेले बताइन्। 'नगरपालिकाका १० वटै वडाका सबै बस्तीमा सडक पुगिसकेको छ। यसअघिका वर्षमा मार्ग खोल्ने, सोलिङ र विस्तारको काम धेरै भएका थिए', उनले भनिन्, 'यस वर्षदेखि ग्रेड नमिलेका सडकका घुम्ती ढलान गर्ने, पक्की नाली, कल्भर्ट र कजवे बनाएर वर्षैभर सवारी चल्न सक्ने बनाउने काम सुरु गरेका छौँ।'

images
images
images

सडक बनाएको भन्दा वर्षात्मा पहिरो नियन्त्रण र बर्सेनि मर्मत गर्न लाग्ने खर्च बढी आउन थालेपछि यो नीति लिइएको हो। अधिकांश ग्रामीण सडकमा पहिरो खसेर बालीनालीसमेत नष्ट हुने क्रम रोक्न यो विधि अपनाइएको नगर उपप्रमुख लामिछानेको भनाइ छ।

पक्की पर्खाल र नाली बनाएपछि पहिरो नियन्त्रणका साथै धुलो र हिलोमुक्त बनाउन सकिने बेनी नगरपालिका-३ का वडाध्यक्ष पदम पुनले बताए। भकिम्लीलाई बेनी बजारसँग जोड्ने सडक ढलान, नाली र सोलिङ गर्न चालु आव २०७९/८० मा दुईवटा प्याकेजमा एक करोड २५ लाख रूपैयाँ विनियोजन भएको छ।

दुवै प्याकेजमार्फत चार सय ५० मिटर ढलान, तीन सय ५० मिटर नाली, तीन सय मिटर पर्खाल निर्माण र तीन सय ५० मिटर सोलिङ हुँदैछ। बेनी नगरपालिका-४ स्थित तातोपानी बजारमा तीन सय २५ मिटर सडक कालोपत्र भइरहेको छ। ७० लाख रूपैयाँमा ठेक्का सम्झौता भएको महारानीथान-छाप-ठूलोखोला सडक आयोजनामार्फत एक सय ७२ मिटर सडक ढलान हुँदैछ।

बेनी-पाखापानी सडकको जामुनाखर्क, अर्थुङ्गे-पुलाचौर सडकको बाँसबोट क्षेत्रको सडक पनि ढलान भइरहेको छ। बेनी नगरपालिकाका योजना अधिकृत कृष्ण सुवेदीले यस वर्षका एक सयभन्दा बढी योजना सडक ढलान र पक्की नाली निर्माण गर्नेसँग सम्बन्धित रहेको बताए।

नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले भिरालो भूगोलको सडकमा गरिएको कालोपत्र नटिक्ने भएकाले दिगो र टिकाउका लागि ढलान प्रभावकारी देखिएको बताए। भुइँमा ढुंगा बिछ्याएर, रड बानेर, सिमेन्ट, बालुवा र गिट्टी मिसाएर गरिएको कालोपत्र बलियो हुने इन्जिनियर कार्कीको भनाइ छ।

सडक ढलान भएपछि घर अगाडि हिलोमा गाडी फस्ने, धुलो हुने समस्या हटेको बेनी नगरपालिका-५ भिरमुनिका कृष्ण कार्कीले बताए। 'गाडी नचल्दा सामान ढुवानी र आवतजावतमा सास्ती खेपेका थियौँ, अहिले सहज भयो', उनले भने, 'ढलान गर्दा पानीले पनि असर गरेन।' रासस


प्रकाशित : आइतबार, वैशाख ३१ २०८००४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend