बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ब्याजदर बढ्दा नेपाल टेलिकमलाई लाभ, सञ्चालन आम्दानी घट्दा पनि नाफामा परेन असर 

शनिबार, वैशाख ३० २०८०
ब्याजदर बढ्दा नेपाल टेलिकमलाई लाभ, सञ्चालन आम्दानी घट्दा पनि नाफामा परेन असर 

चालु वर्षको ९ महिनामा कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार सञ्चालन आम्दानी गरेको छ।

काठमाडौं- गत वर्षको तुलनामा बैंकको ब्याजदर वृद्धि हुँदा नेपाल टेलिकमले थप १ अर्ब आम्दानी गर्न सफल भएको छ।

सेवा सञ्चालन आम्दानी गत वर्षको तुलनामा ३ प्रतिशतले घट्दा पनि टेलिकमले कुल आम्दानी भने बढाउन सफल भएको छ। 

कुल आम्दानी बढ्नुको मुख्य कारण ब्याजदरमा भएको परिवर्तन हो। चालु वर्षको नौ महिनामा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी १ अर्ब ७३ करोड ९९ लाखले वृद्धि भएको कम्पनीले जनाएको छ।

चालु वर्षको ९ महिनामा कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार सञ्चालन आम्दानी गरेको छ। जबकी यो गत वर्षको तुलनामा ३ प्रतिशतले न्यून हो। कुल आम्दानी भने कम्पनीले ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार गरेको छ। यो गत वर्षको तुलनामा २ प्रतिशतले बढी हो। सञ्चालन आम्दानी घट्दा पनि कुल आम्दानी बढ्नु ब्याजदर परिवर्तन हुँदा भएको आम्दानी र अमेरिकी डलर बलियो हुँदा भएको थप कमाइ हो। 

त्यस्तै कम्पनीको खुद नाफा भने २ करोड रूपैयाँले घटेको छ। चालु वर्षको ९ महिनामा कम्पनीले ५ अर्ब ४१ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा ०.४३ प्रतिशतले न्यून हो। 


प्रकाशित : शनिबार, वैशाख ३० २०८००९:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend