बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलान्यास

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २८ २०८०
पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलान्यास

मोरङ- पूर्वाञ्चल विश्व विद्यालयभित्र नबिल बैंक लिमिटेडको शाखा कार्यालय र सभागृह बन्ने भएको छ।

विश्वविद्यालय परिसरभित्र शिक्षा, विज्ञान, तथा प्रविधिमन्त्री अशोककुमार राईले नबिल बैंकको गोठगाउँ शाखा कार्यालय र विश्वविद्यालयको लागि ७ सय ५० सिट क्षमताको सभागृहको शिलान्यास गरेका छन्।

विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका साथै गोठगाउँका बासिन्दाहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान उद्देश्यले विश्वविद्यालय परिसरमा शाखा कार्यालय स्थापना गर्न नबिल बैंकले जनाएको छ। साथै नबिल बैंकले विश्वविद्यालयको लागि सभागृह निर्माणमा पनि सहयोग गर्ने भएको छ।

शिलान्यास कार्यक्रमा शिक्षा, विज्ञान, तथा प्रविधिमन्त्री राईले बैंकले नाफा नहेरी यो कार्य गरेको भन्दै खुसी व्यक्त गरे। ‘यस किसिमको सहकार्यले बैंक नाफा केन्द्रित मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान गर्छ भन्ने सन्देश जानेछ’, मन्त्री राईले भने।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांनाले पूर्वाञ्चल विश्वविद्यालयमा शाखा कार्यालय निर्माण ३ महिनाभित्र सकिने र शाखा सञ्चालनमा आउने बताए। उनले नबिल बैंक बैंकिङ क्षेत्रमा नै नयाँ सेवा सुविधाहरू प्रदान गर्ने अग्रणी बैंक रहेको र सूचना प्रविधिमा आधारित सेवा विस्तारमा बैंक शीर्ष स्थान रहेको जानकारी गराए।


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००९:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend