बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २८ २०८०
विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

जेठ १३ गते दिउँसो २ बजे बाट सुरु हुने एनसेलको यो सांगीतिक कार्यक्रम बेलुका ९ बजे सकिने छ। 

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिबार कन्सर्ट गर्ने भएको छ। कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समुहका प्रस्तुतीहरु रहने छन्।

जेठ १३ गते दिउँसो २ बजे बाट सुरु हुने एनसेलको यो सांगीतिक कार्यक्रम बेलुका ९ बजे सकिने छ। 

कार्यक्रममा चर्चित गायक-गायिकाहरु दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विषेश प्रस्तुती राख्नेछन्।

साथै यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण पनि हुनेछ। 

यस कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरि यस कन्सर्टको टिकट निःशुल्क पाउन सक्छन्।


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend