सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

‘इन्द्र सभा’ को पुनर्निर्माण सकियो, १ करोड ४६ लाख खर्च

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २८ २०८०
images
images
‘इन्द्र सभा’ को पुनर्निर्माण सकियो, १ करोड ४६ लाख खर्च

२ रोपनी ३ पैसा जग्गामा इन्द्र सभा सभा परिसर पुनर्निर्माणका कार्य भएको हो।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले इन्द्र सभाको पुनर्निर्माण सम्पन्न गरेको छ।

images
images
images

काठमाडौं महानगरपालिका वडा नं. १९ मा पर्ने यो सभा स्थल इन्द्रजात्रा पर्वसँग सम्बन्धित धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं सामाजिक महत्वको ठाउँ हो। पुनर्निर्माणका लागि १ करोड ४६ लाख ५९ हजार ४ सय ५३ रूपैयाँ ४३ पैसा खर्च भएको सम्पदा विभाग तथा पर्यटन विभागका सहायक निर्देशक इन्जिनियर नरेन्द्रमान बज्राचार्यले जानकारी दिए।

images
images

२ रोपनी ३ पैसा जग्गामा इन्द्र सभा सभा परिसर पुनर्निर्माणका कार्य भएको हो। सहायक निर्देशक बज्राचार्यका अनुसार ७५ स्क्वायर मिटरमा ठूलो पाटी निर्माण भएको छ।

images
images
images

पुनर्निर्माणका लागि २०७८ कार्तिक ११ गते १ वर्ष अवधि दिएर कार्यादेश दिइएको थियो। तोकिएको समयमा काम नसकिएपछि ६ महिना म्याद थपेर २०८० बैशाख १० गतेसम्म पुर्‍याइएको थियो। थपिएको अवधिमा काम सकिएको हो। 

पुनर्निर्माणका क्रममा २ वटा ठूला प्रवेशद्वार, एउटा ठूलो र एउटा सानो फल्चा (पाटी), दू ब्यंकेगु (नेवार समुदायले मानिसको मृत्युपछि दुःखबाट मुक्त हुन गर्ने संस्कार) घर निर्माण भएका छन्। यस्तै भुइँमा इटा, ढुंगा बिछ्याउने, आकाशे पानी संकलन र पुनभरण प्रणाली जडान लगायत काम भएका छन्।


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००६:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend