सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

विदेशबाट फर्किंदा अब दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था कसका लागि?

images
बिहीबार , वैशाख २८ २०८०
images
images
विदेशबाट फर्किंदा अब दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था कसका लागि?

विदेशबाट फर्किनेहरूले थप एउटामात्र फोन ल्याउँदा पनि विमानस्थल भन्सारमा सास्ती खेप्नु परेको भन्ने गुनासोहरू आइरहेका थिए।

images
images

काठमाडौं- झिटिगुन्टासम्बन्धी नियमावलीलाई संशोधन गर्दै सरकारले वैदेशिक रोजगारीमा गएर फर्किनेले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ। 

images
images
images

गएको मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपाली कामदारले आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको हो।

images
images

सरकारको निर्णय अनुसार यो व्यवस्था अहिले वैदेशिक रोजगारीमा गएर नेपालमा आउनेहरूको हकमा मात्रै लागु हुने छ। उक्त निर्णयलाई कार्यान्वयनमा जान बाँकी नै रहेकाले वैदेशिक रोजगारबाहेककाको हकमा के हुने भन्ने अझै स्पष्ट भएको छैन। झिटीगुन्टा नियमावली संशोधन राजपत्रमा प्रकाशित भएपछि अहिलेको व्यवस्था लागु हुनेछ। 

images
images
images

यसअघि वैदेशिक रोजगारीबाट फर्कनेले पनि आफ्नो साथमा भएको एउटाबाहेक मोबाइल ल्याउन नपाइने व्यवस्था थियो। विदेशबाट फर्किनेहरूले थप एउटामात्र फोन ल्याउँदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सास्ती खेप्नु परेको भन्ने गुनासोहरू आइरहेका थिए। 

यसरी गर्न सकिन्छ दर्ता

व्यक्तिगत रुपमा विदेशबाट ल्याएका फोन दर्ता गर्नका लागि सबैभन्दा पहिला https://eir.nta.gov.np/ मा जानुपर्छ। 

यो वेबसाइटमा गएपछि तलको जस्तो इन्टरफेस देखिन्छ। 

kyc.png

यसमा गएर सबैभन्दा पहिला साइनअप गर्नुपर्छ। अथवा त्यहाँ रहेको हेल्पमा क्लिक गर्दा प्राधिकरणको सम्पर्क नम्बर आउँछ। त्यहाँ फोन गरेर सल्लाह माग्न पनि सकिन्छ। 

साइनअपमा क्लिक गरेपछि व्यक्तिग हो कि आयातकर्ता हो? भनेर विकल्प आउँछ। यसमा व्यक्तिगत रुपमा ल्याएको मोबाइल दर्ता गर्नका लागि रातो रंगको बटममा क्लिक गर्ने।

signup.png

यहाँ क्लिक गरेपछि तलको जस्तो इन्टरफेस आउँछ। 

final.png

निवेदन दिने व्यक्ति नेपाली कि विदेशी भन्ने विकल्प आउँछ। त्यसमा क्लिक गर्ने। त्यसपछि मोबाइलको कुन परिचय राख्ने हो। जस्तो आईएमईआई वा सिरियल नम्बर वा उत्पादन नम्बर। त्यसमा सजिलोका लागि आईएमईआई नम्बर छनौट गर्न सकिन्छ। 

त्यसपछि मोबाइलको ब्रान्ड नाम राख्नुपर्छ। मोडल नम्बर एन्ड्रोइड मोबाइलको सेटिङमा गएर अबाउट फोनमा जाँदा सहजै भेट्न सकिन्छ। त्यसपछि आईएमआई नम्बर राख्ने। निवेदकको नाम, ठेगना, सम्पर्क नम्बर र नागरिकता वा अन्य परिचयपत्रको नम्बर राख्ने र सोही परिचयपत्रको स्क्यान कपी अपलोड गर्ने। 

यसरी अपलोड गर्नेवित्तिकै निवेदकको काम सकिन्छ। यसरी दर्ता प्रक्रिया सकिन्छ। 


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend