सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

मिटरव्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २७ २०८०
images
images
मिटरव्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

यही बैशाख २४ गतेको बैठकमा कानुनमन्त्री गुरुङले अध्यादेश प्रतिनिधिसभामा पेस गरेका थिए।

images
images
काठमाडौं- प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ।
सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ¬का तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
 
बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी गराएका थिए।
 
यही बैशाख २४ गतेको बैठकमा कानुनमन्त्री गुरुङले अध्यादेश प्रतिनिधिसभामा पेस गरेका थिए। उक्त अध्यादेश यही बैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको थियो। सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो। रासस


प्रकाशित : बुधबार, वैशाख २७ २०८०१३:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend