सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा जाब्बोर कायुमोभ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २७ २०८०
images
images
एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा जाब्बोर कायुमोभ

जाब्बोर कायुमोभसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रहि काम गरेको अनुभव छ।

images
images

काठमाडौं- एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालकमा जाब्बोर कायुमोभ नियुक्त भएका छन्।

images
images
images

एनसेलको सञ्चालक समितिको मंगलबार बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। उनले बुधबारबाट आफ्नो कार्यभार सम्हालेका छन्।

images
images

सीईओमा जाब्बोरको नियुक्तिसँगै एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा ग्रुपको प्रधान कार्यालयमा १ जुन २०२३ देखि ‘आजियाटा ग्रुप चिफ कर्पोरेट अफिसर’का रुपमा कार्यभार सम्हाल्ने छन्।

images
images
images

जाब्बोरले यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन्। उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रहि काम गरेको अनुभव छ।

दूरसञ्चार क्षेत्रका धेरै कम्पनीमा आफ्नो उत्कृष्ट ट्र्याक रेकर्ड राख्न सफल जाब्बोर कुशल व्यावसायिक नेतृत्वका रूपमा चिनिन्छन्। एनसेलमा आबद्ध हुनुअघि, उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए र डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवाप्रदायक बन्नका लागि व्यवसाय सञ्चालन परिर्वतनको नेतृत्व गरेका थिए।

दूरसञ्चार उद्योगको व्यापक ज्ञानका साथ जाब्बोरले प्रमुख कार्यकारीको रूपमा रही सफल ट्र्याक रेकर्ड कायम गरेका छन्। पिपल लिडरसिप, बिजनेस इम्प्रुभमेन्ट, डिजिटल स्ट्राटेजी, अर्गनाइजेसनल डिजाइन र प्रोसेसेस् लगायत क्षेत्रमा गरेका उदाहरणीय कामका लागि उनी चिनिन्छन्।

उनले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।


प्रकाशित : बुधबार, वैशाख २७ २०८०११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend