सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

बागलुङका तीन पालिकाले दिन थाले श्रम स्वीकृति

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २७ २०८०
images
images
बागलुङका तीन पालिकाले दिन थाले श्रम स्वीकृति

गाउँबाटै श्रम स्वीकृति पाउँदा वैदेशिक रोजगारीमा जाने युवाहरु दंग छन्।

images
images

बलेवा- बागलुङ जिल्लाको ताराखोला, काठेखोला र बडिगाड गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेका छन्। गाउँपालिकाहरुले रोजगार शाखामार्फत श्रम स्वीकृति दिन थालेका हुन्।

images
images
images

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि दंग छन्। यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो।

images
images

गाउँबाटै श्रम स्वीकृति पाउँदा वैदेशिक रोजगारीमा जाने युवाहरु उत्साहित भएको बडिगाडका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए। बैशाखको पहिलो सातादेखि नै सेवा सुरु गरेको गाउँपालिकामा मंगलबार पहिलो पटक जापान जाने युवाले पुनः श्रम स्वीकृति लिएका छन्। बडिगाडा-५ का टेकबहादुर जिसीले जापानमा रोजगारीका लागि जान पुनः श्रम स्वीकृति लिएका हुन्।

images
images
images

श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात भएसँगै बैशाख १ गतेदेखि यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था गरिएको थियो। श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल, सम्पर्क नं, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपिसहित नगरपालिकाको रोजगार सेवा केन्द्रमा निःशुल्क अनलाइन आवेदन दिन सकिने ताराखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए।

'श्रम स्वीकृति लिँदा तिर्नुपर्ने शुल्क बुझाउन बैंकिङ प्रणालीमा केही समस्या छ, अरू सबै काम अनलाइनबाट हुने भएकाले सहज हिसाबले काम भइरहेको छ', उनले भने। वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने उनको भनाइ थियो।

श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत पनि बुझ्न सकिने गाउँपालिकाले जनाएको छ। यसअघि श्रम स्वीकृति लिन काठमाडौं जानुपर्ने बाध्यता रहे तापनि अहिले आफ्नै पालिकाबाट सेवा पाइएकाले सहज भएको वडिगाड-५ का टेकबहादुर जिसीले बताए। रासस


प्रकाशित : बुधबार, वैशाख २७ २०८०१०:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend