सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

घर जलेपछि पीडितलाई बासको समस्या

images
बुधबार, वैशाख २७ २०८०
images
images
घर जलेपछि पीडितलाई बासको समस्या

दुःखले बनाएको घर बस्नै नमिल्ने गरी डढेर सखापै बनाएपछि परिवारको बिचल्ली भएको ६९ वर्षीय ऐतराम साठीघरे बताउँछन्।

images
images

रामपुर- आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ। उनलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर पनि पीडा लुकाउँदै आफ्नै आँखाले हेर्दाहेर्दै आगो दन्केर घर खरानी हुँदा कताकता सपना होकी विपना जस्तै अनुभूति हुने गरेको छ। 

images
images
images

आगोले पोलेको पीडा त छँदैछ तर त्योभन्दा बढी घर डढेको पीडाले उनी तड्पिरहेका छन्। पाल्पाको रामपुर नगरपालिका-९ स्थित मधुकोटमा आगलागी हुँदा उनको तीनतले जस्तापाताले छाएको घर पुरै जलेर नष्ट भएको छ। घरमा भएका सरसामान, लत्ताकपडा, गरगहना, पैसा केही झिक्न नपाउँदा उनलाई बाँकी जीवन कसरी व्यतित गर्ने चिन्ताले पिरोलेको छ।

images
images

'कति दुःखले बनाएको घर क्षणभरमै हेर्दा हेर्दै खरानी भयो, आगो निभाउन जाँदा शरीरका विभिन्न भागमा पोलिएर घाउ बनेको छ, तर यो पोलिएको घाउले दुखेको सहेको छु', उनले भने, 'घर डढेको चोटले मन भतभती पोलिएको छ।'

images
images
images

मंगलबार अपराह्न बस्तीदेखि तल रहेको मधुकोट जंगलमा लागेको आगो सल्केर दलबहादुरको घर अगाडिको गोठ (दाउरा राख्ने) मा सल्केको हो। गोठमा लागेको आगो निभाउन बाल्टीमा पानी लिएर जाँदा दलबहादुर घाइते भए। गोठ हुँदै घरमा आगो सल्केपछि उनकी बुहारी लक्ष्मी साठीघरे घरभित्र रहेकी दुई वर्षकी छोरी निकाल्न जाँदा उनी आफैँ आगोले घाइते भइन्।

लक्ष्मीको अनुहारलगायत विभिन्न भागमा आगोले पोलेको छ। घाइते दलबहादुर र लक्ष्मीको रामपुर अस्पतालको सहयोगमा निःशुल्क उपचार गरिएको छ। आगोले जलेर घरबारविहीन हुँदा कसरी जीवन जिउने चिन्ताले सताएको जानुमाया साठीघरेले गुनासो पोखिन्। 'घरदेखि पारि जंगलमा बाख्रा चराउने क्रममा एक्कासि गाउँमा धुवाँसहित आगोको मुस्लो देखेपछि दौडिएर आउँदा घर पूरै जलिरहेको अवस्थामा देखेँ, आफूलाई कतै सपनाबाट ब्युँझिएछु जस्तो लाग्यो, आँखैले देख्दादेख्दै घर सबै डढेर सकियो, शरीरमा लगाएको एकसरो लुगाबाहेक साथमा केही छैन', उनले दुःखेसो पोखिन्।

परिवारका सदस्य जंगलतिर बाख्रा चराउन गएको हुँदा मानवीय क्षति हुन भने पाएन। घरमा सल्केको आगो स्थानीय र प्रहरीले निभाउने प्रयास गरे पनि निभाउन नसकेपछि दलबहादुरको घरबाट सल्केको आगो छिमेकी ऐतराम साठीघरे, भिमीसरा साठीघरे र लोकबहादुर साठीघरेको घरमा लागेर ध्वस्त भएको छ। मंगलबार अपराह्न करिब ३ बजेको समयमा आगो गाउँमा लाग्न थालेको स्थानीयवासीले बताएका छन्।

मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे र भिमिसरा साठीघरेको तीनतले जस्तापाताले छाएको घर तथा लोकबहादुर साठीघरेको घर (खरले छाएको दुईतले) पूर्ण रुपमा जलेर नष्ट भएको छ। स्थानीयवासीका अनुसार सात बाख्रा र एक बङ्गुर मरेका छन्। घर जलेर विस्थापित परिवारमध्ये केही परिवारलाई आफन्त कहाँ र केही अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालय, स्थानीय आमा समूहको भवनमा सुरक्षित साथ राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए।

चारैतिर जंगल बीचमा बस्ती भएकाले आगो नियन्त्रणमा ल्याउन कठिनाइ थियो। स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीको अथक प्रयासले लामो समयपश्चात् गएराति ९ बजे गाउँमा लागेको आगो नियन्त्रणमा आएको हो। जंगलमा लागेको आगो भने अझै पनि नियन्त्रणमा आउन सकेको छैन। 

दुःखले बनाएको घर बस्नै नमिल्ने गरी डढेर सखापै बनाएपछि परिवारको बिचल्ली भएको ६९ वर्षीय ऐतुराम बताउँछन्। उनको हाल चारजनाको परिवार बसोबास गरिरहेको तीनतले जस्तापाताले छाएको घर पूरै क्षति भएको छ। उनी भन्छन्, 'छिमेकी दलबहादुरको घरसँगै जोडिएकाले आगोबाट बचाउन सकिएन, घरमा भएका अन्नपात, लत्ताकपडा, सरसामान डढेर खरानी भएको छ, बुहारी नातिनातिना लिएर कसरी कहाँ बसेर जीवन बिताउने हो रु हामीलाई स्थानीय सरकारबाट गाँसबासको व्यवस्था मिलाइदिनुपर्‍यो।' 

क्षतिको विस्तृत विवरण संकलन गरेर पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए। 'नगरपालिकाको दुर्गम ठाउँ चारैतिर जंगलको बीचमा बस्ती छ, एक्कासि आगो लागेपछि गाउँमा ठूलो क्षति पुगेको छ, दिउँसोको समय भएकाले मानवीय क्षति हुनबाट जोगियो, घटनाको अवस्था हेर्दा विकराल छ, नगरपालिका कार्यालयबाट पीडित परिवारलाई आवश्यक सहयोग गर्नेछौँ', नगर प्रमुख थापाले भने।

जंगलमा आगो कसले लगायो भन्नेबारे खुलेको छैन। सोका बारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। मधुकोट गाउँमा अहिले करिब १६ घरपरिवारको बसोबास छ। खडेरीयाम भएकाले पनि आगो लाग्ने बित्तिकै निभाउन पानी प्रयाप्त नहुँदा समस्या परेको आगो नियन्त्रणमा जुटेका स्थानीयले बताएका छन्। अग्नी पिडितलाई लायन्स क्लब अफ रामपुरले खाद्यान्न सामग्री बुधवार पीडितलाई वितरण गरेको छ। रासस


प्रकाशित : बुधबार, वैशाख २७ २०८००९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend